वैशाख १५, २०८१ शनिबार April 27, 2024

कोरोना तेस्रो लहरको जोखिममा बालबालिका

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः काठमाडौं सम्भावित तेस्रो लहरको कोरोना संक्रमण मध्यनजर गर्दै त्यसले बालबालिका बढी प्रभावित हुने आँकलन गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पहिलो र दोस्रो लहरमा युवा–प्रौढमा संक्रमण देखिएपछि तेस्रो लहरमा बालबालिका प्रभावित हुनसक्ने औंल्याएको हो । हालसम्म देशभर १० वर्ष उमेर समूहसम्मका १४ हजार ३ सय १६ जनामा संक्रमण देखिएको छ ।

कुल संक्रमितमध्ये १४ हजारभन्दा बढीमा संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयको तथ्याकंले देखाउँछ । कुल संक्रमितमध्ये ६ प्रतिशतभन्दा बढी बालबालिकामा कोरोना पाइएको छ । राष्ट्रिय बाल अधिकार परिषद्का अनुसार देशभर कुल जनसंख्याको ४१.८४ प्रतिशत बालबालिका छन् । केही दिनयता संक्रमित संख्या घटेको देखिए पनि जोखिम कायमै रहेको जनस्वास्थ्य विज्ञले सचेत गराएका छन् । अबको जोखिम बालबालिकामा हुनसक्ने भन्दै मन्त्रालयले सबै अस्पताललाई कुल शय्याको २० शय्या तयारी अवस्थामा राख्न आग्रहसमेत गरेको छ ।

स्वास्थ्य मन्त्रालय गुणस्तर मापन तथा नियमन महाशाखा प्रमुख डा. मदनकुमार उपाध्यायका अनुसार स्वीकृत शøयाको २० प्रतिशत १० संक्रमित बालबालिका उपचारमा प्रयोग हुनेगरी छुट्याउन आग्रह गरिएको हो । स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाका निर्देशक डा. तारानाथ पोखरेल कोरोना उच्च जोखिममा बालबालिका रहेको औंल्याउँछन् । ‘बालबालिकाका लागि खोप उपलब्ध छैन, यसकारण अभिभावकलाई संक्रमण लक्षणलगायत विषयमा सन्देशमुलक सूचना बनाउनुपर्ने हुन्छ,’ उनले भने, ‘हाल, बालबालिकाका लागि खोप ट्रायल भए पनि नतिजा आउन सकेको छैन ।’

यसैबीच, सोमबार देशभर २ हजार ९ सय १८ जनामा संक्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा ९ हजार ४ सय ३८ जनाको पीसीआर र ५ हजार ३ सय ८१ जनाको एन्टीजेन परीक्षण गर्दा यस्तो संख्या देखिएको हो । यसअघि, आइतबार २ हजार ४ सय ७ जनामा कोरोना देखिएको थियो । पछिल्लो २४ घण्टामा देशभर ५३ संक्रमितको मृत्यु भएसँगै हालसम्म मृतक संख्या ८ हजार ४ सय ६५ पुगेको छ । २४ घण्टामा देशभर ५ हजार १ सय ४७ संक्रमित निको भएका छन् । संक्रमित निको हुने दर ८७ दशमलब ८ प्रतिशत रहेको छ ।

नेपालमा हालसम्म ५ लाख ३६ हजार २ सय ५२ संक्रमित निको भइसकेका छन् । हाल, देशभरका अस्पतालमा ९ सय ९५ आईसीयू र ३ सय २४ जना संक्रमित भेन्टिलेटरमा छन् । जसअन्तर्गत् प्रदेश १ मा १ सय ६३ आईसीयू र ५९ भेन्टिलेटर, प्रदेश २ मा ४७ आईसीयू र १० जना भेन्टिलेटरमा छन् । बागमती प्रदेशमा ५ सय ७४ आईसीयू र २ सय ५ जना भेन्टिलेटरमा छन् ।

गण्डकी प्रदेशमा ८४ आईसीयू र १८ भेन्टिलेटर, लुम्बिनी प्रदेशमा ८० आईसीयू र १५ भेन्टिलेटर, कर्णालीमा १९ आईसीयू र ९ जना भेन्टिलेटर, सुदूरपश्चिम प्रदेशमा २८ जना आईसीयू र ८ जना भेन्टिलेटरमा उपचाररत छन् । राजधानी दैनिक

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
कुम्भमेलामा दर्शनार्थीको घुइँचो, एकै दिनमा डेढ लाखभन्दा बढीको सहभागिता
२०८१ वैशाख १५, शनिबार
अन्तर व्यवस्थापिका भेलामा सात बुँदे ‘पाल्पा घोषणापत्र’ जारी
२०८१ वैशाख १५, शनिबार
‘विश्वविद्यालयहरूले अनुसन्धनात्मक शिक्षालाई प्राथमिकता दिनुपर्छ’
२०८१ वैशाख १५, शनिबार
संयुक्त मोर्चा र कार्यगत एकता जसपाका प्रमुख कार्यभार : पूर्ण बस्नेत
२०८१ वैशाख १५, शनिबार
इलाम र बझाङको उपनिर्वाचन उत्साहपूर्ण : निर्वाचन आयोग
२०८१ वैशाख १५, शनिबार
पोखरामा बस दुर्घटना, १९ जना घाइते
२०८१ वैशाख १५, शनिबार
दक्षिण एसियामा क्यान्सरका कूल बिरामीमध्ये २० प्रतिशतमा ‘मुखको क्यान्सर’
२०८१ वैशाख १५, शनिबार