श्रावण ३१, २०८३ आइतबार August 16, 2026

समस्या समाधानमा सुझबुझसाथ अगाडि बढ्न दलका नेताहरुलाई अध्यक्ष तिमिल्सिनाको आग्रह

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले अहिलेको विषम परिस्थितिमा कोरोना नियन्त्रण, प्राकृतिक विपदको व्यवस्थापन गर्न तथा मुलुकमा देखिएको राजनीतिक समस्याको निकासका लागि राजनीतिक दलहरुलाई सुझबुझ र समझदारी साथ अगाडि बढ्न आग्रह गर्नुभएको छ ।

संसद दिवस २०७८ को अवसरमा बुधबार शुभकामना व्यक्त गर्नुहुँदै अध्यक्ष तिमिल्सिनाले सो आग्रह गर्नुभएको हो । नेपालमा पहिलो पटक २०१५ सालमा संसदीय निर्वाचन भई २०१६ असार १६ गते संसदको पहिलो बैठक बसेको स्मरणमा संसद दिवस मनाइँदै आएको छ ।

नेपाली जनता र राजनीतिक दलको संघर्ष र बलिदानबाट १०४ वर्षे निरंकुश राणाशासनको अन्त्य गर्दै नेपालमा प्रजातन्त्र स्थापना भएपछि भएको पहिलो जननिर्वाचित संसदले आफ्नो पूर्ण कार्यकाल पूरा गर्न नपाउँदै पञ्चायती शासन व्यवस्थाका नाममा पुनः निरंकुशता सुरु भएको अध्यक्ष तिमिल्सिनाले स्मरण गर्नुभएको छ । बुधबार शुभकामना विज्ञप्ती जारी गर्नुहुँदै उहाँले सो स्मरण गर्नुभयो ।

नयाँ संविधानले प्रतिनिधिसभा र राष्ट्रिय सभा गरी दुई सदन सहितको एक संघीय व्यवस्थापिका रहने व्यवस्था गरेको छ । तर अहिले प्रतिनिधिसभा विघटित अवस्थामा छ । संविधानले व्यवस्था गरेको दुई सदनात्मक संघीय व्यवस्थापिका अन्तर्गत रहेको स्थायी सदन (राष्ट्रिय सभा) क्रियाशील छ । व्यवस्थापकीय अङ्गको अविछिन्नता कायम राख्न स्थायी प्रकृतिको माथिल्लो सदनको रुपमा राष्ट्रिय सभाको परिकल्पना संविधानले गरिएको अध्यक्ष तिमिल्सिनाले चर्चा गर्नुभएको छ ।

मुलुकमा कोरोना भाइरसको महामारीले विभिन्न व्यवधानहरु सिर्जना गरेकोबेला मुलुकमा बाढी, पहिरोजस्ता प्राकृतिक विपदका घटनाहरु बढिरहनु मुलुकको लागि चुनौति रहेको अध्यक्ष तिमिल्सिनाले बताउनुभएको छ । उहाँले अगाडि लेख्नुभएको छ, “राजनीतिक दलबीच सकारात्मक तथा सदभावपूर्ण रुपमा सहकार्य हुन नसक्दा नेपालको राजनीतिमा चुनौती थपिएका छन् ।”

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नेपाली कांग्रेसद्वारा पार्टीका सदस्यहरुलाई विपदमा परेकाको उद्धारमा जुटन निर्देशन
२०८३ श्रावण ३१, आइतबार
त्रिविको BIT प्रवेश परीक्षाको नतिजा केही घण्टामै सार्वजनिक
२०८३ श्रावण ३१, आइतबार
बिपी, गणेशमानजस्ता नेतालाई निजीकरण गरी घरभित्र कैद गर्नुहुँदैनः सभापति थापा
२०८३ श्रावण ३१, आइतबार
इरानद्वारा अमेरिकी सैनिक मार्ने वा पक्रने व्यक्तिलाई ३० हजार डलर इनामको घोषणा
२०८३ श्रावण ३१, आइतबार
टप एण्ड टी–२० सिरिज खेल्ने नेपाल ‘ए’ टिमको बिदाइ
२०८३ श्रावण ३१, आइतबार
खोटाङमा स्थानीय तहको सङ्ख्या र सीमा हेरफेरसम्बन्धी छलफल सुरु
२०८३ श्रावण ३१, आइतबार
कांग्रेस संस्थापन इतर पक्षले आयोजना गरेको तीन दिने राष्ट्रिय सम्मेलन सम्पन्न
२०८३ श्रावण ३१, आइतबार