बैसाख १९, २०८३ शनिबार May 2, 2026

तालिबानको आक्रमण प्रयास विफल, २० तालिबानी लडाकू मारिए

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः  अफगानिस्तानको पश्चिमी प्रान्त हेरातको घोर्यान जिल्लामा तालिबानी समूहले गरेको आक्रमणलाई सरकारी फौजले विफल बनाएको छ ।

प्रान्तीय सरकारले जारी गरेको विज्ञप्तिमा सैनिक कार्यवाहीमा २० जना तालिबानी लडाकूको ज्यान गएको र अरु कैयौं घाइते लडाकूहरु त्यहाँबाट भागेको उल्लेख छ ।
बिहीबार बिहानै सयौं तालिबानी लडाकूहरुले घोर्यान जिल्लालाई चारै तर्फबाट घेरा हाली आक्रमण गरेका थिए । आक्रमणमा संलग्न २० जनाभन्दा बढी लडाकू घाइते भएको पनि विज्ञप्तिमा उल्लेख छ । सरकारी सेनाले हवाई सहायताबाट तालिबान समूहमाथि आक्रमण गरेको थियो ।

सरकारी फौज तर्फ एक जना सुरक्षाकर्मीको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । सेनाले घोर्यान जिल्लाको सदरमुकाम र आसपासका क्षेत्रमा सक्रिय तालिबानी समूहलाई लखेट्न थप कार्यवाही गर्ने तयारी गरेको छ ।

अफगानिस्तानको मुख्य विद्रोही समूह तालिबानले हाल ७० भन्दा बढी जिल्लालाई आफ्नो नियन्त्रणमा लिइसकेको बताइएको छ । तालिबान समूहले घोर्यान जिल्लाका बारेमा कुनै प्रतिक्रिया जनाएको छैन ।

अफगानिस्तानमा विगत २० वर्षदेखि रहेका अमेरिकी र नेटो आबद्ध सेनाले आगामी सेप्टेम्बर ११ अगाबै अफगानिस्तान छाड्ने भएपछि तालिबान समूहले सरकारी फौजमाथि आक्रामक नीति अपनाएको छ । (रासस/सिन्ह्वा)

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया