भाद्र १, २०८३ सोमबार August 17, 2026

कर्णाली प्रदेशसभा बैठक कार्यसूचीमा प्रवेश गर्न नपाउँदै स्थगित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः कर्णाली प्रदेश सरकारले प्रस्तुत गरेको बजेटमाथि प्रदेशसभा बैठकमा आज पनि छलफल हुन सकेन । प्रदेशसभाको बैठक कार्यसूचीमा प्रवेश गर्न नपाउँदै स्थगित हुँदै आएको छ । यस अघि तीन पटक स्थगित भएको प्रदेशसभाको आठौं अधिवेशन अन्तर्गत आजको चौँथो बैठक पनि कार्यसूचीमा प्रवेश नहुँदै स्थगित भएको छ ।

सभामुख राजबहादुर शाहीले बैठकको कारवाही अगाडि बढाउन खोज्दा नेकपा एमाले कर्णाली प्रदेशसभा सदस्य देवीले ओलीले सर्वोच्च अदालतले पुनर्बहाली गरेका एमालेका चार सदस्यको निर्णय कार्यान्वयन नभएको टिप्पणी गर्नुभयो । “गत जेठ ३१ गते सभामुख शाहीले वाचन गरेर अनुसार निर्णय कार्यान्वयन भएको छैन,” उहाँले भन्नुभयो, “एमाले प्रदेशसभा दलले उठाएको राजनीतिक मुद्दाको किनारा नलागुञ्जेल सभाको कारवाही प्रक्रिया अगाडि बढ्न दिँदैनौं ।” संवैधानिक र कानूनी व्यवस्था एकातिर तर व्यवहारिक अभ्यास अर्कोतिर गरिएको टिप्पणी गर्दै उहाँले बजेट तथा सभाको बैठक सुचारु गर्न सबै दलको जिम्मेवारी उत्तिकै रहेको औंल्याउनुभयो ।

त्यसैगरी, बैठकमा एमालेका प्रदेशसभा सदस्य दानसिंह परियारले संसदीय व्यवस्था अनुसार काम नहुँदा बैठक अवरोध गर्नु परेको बताउनुभयो । “सर्वोच्चले पुनर्बहाली गरेपछि सभामुख शाहीले जेठ ३१ गते सभामा नेकपा एमालेका चार जना भनेर पत्र वाचन गरेपछि अब कर्णालीमा एमालेको अवस्था नयाँ समीकरणसहित अघि बढ्यो भन्ने हामीले सोच्यौं,” उहाँले भन्नुभयो, “तर आज उनै व्यक्ति सत्तामा र एमालेको विरुद्धमा सरकारको नेतृत्व गरिरहेका छन् । हामी हेरिबसेका छौँ । हामीलाई लज्जाबोध भइरहेको छ ।”

सर्वोच्चले एमाले बनाइदिँदा पनि एमालेको पक्षमा नभएका बहालवाला तीन मन्त्रीहरु दलीय व्यवस्था विपरित सरकार सञ्चालनमा सहभागी भएका कारण एमालेले बैठक अवरुद्ध गर्नुपरेको उहाँले प्रष्ट्याउनुभयो । त्यसैबीचमा सभामुख शाहीले पटकपटक बैठक सञ्चालनमा सहयोग गर्न प्रदेशसभा सदस्यलाई गर्न आग्रह गर्नुभयो । अवरोध नहटेपछि सभामुख शाहीले यही असार २४ गते बिहीबार दिउँसो २ः०० बजेसम्मका लागि बैठक स्थगित भएको जानकारी दिनुभयो ।रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नेपाली कांग्रेसद्वारा पार्टीका सदस्यहरुलाई विपदमा परेकाको उद्धारमा जुटन निर्देशन
२०८३ श्रावण ३१, आइतबार
त्रिविको BIT प्रवेश परीक्षाको नतिजा केही घण्टामै सार्वजनिक
२०८३ श्रावण ३१, आइतबार
बिपी, गणेशमानजस्ता नेतालाई निजीकरण गरी घरभित्र कैद गर्नुहुँदैनः सभापति थापा
२०८३ श्रावण ३१, आइतबार
इरानद्वारा अमेरिकी सैनिक मार्ने वा पक्रने व्यक्तिलाई ३० हजार डलर इनामको घोषणा
२०८३ श्रावण ३१, आइतबार
टप एण्ड टी–२० सिरिज खेल्ने नेपाल ‘ए’ टिमको बिदाइ
२०८३ श्रावण ३१, आइतबार
खोटाङमा स्थानीय तहको सङ्ख्या र सीमा हेरफेरसम्बन्धी छलफल सुरु
२०८३ श्रावण ३१, आइतबार
कांग्रेस संस्थापन इतर पक्षले आयोजना गरेको तीन दिने राष्ट्रिय सम्मेलन सम्पन्न
२०८३ श्रावण ३१, आइतबार