भाद्र १, २०८३ सोमबार August 17, 2026

राष्ट्रियसभा बैठक : बिधिको शासन नभएको प्रतिपक्षी सांसदहरुको भनाइ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः राष्ट्रियसभाको आजको बैठकको विशेष समयमा बोल्दै राष्ट्रियसभा सदस्यहरुले समसामयिक बिषयमाथि सरकारको ध्यानाकर्षण गराउनुभयो।

राष्ट्रियसभामा सत्तापक्षीय सदस्यहरुले पहिलो पटक विघटित प्रतिनिधिसभा पुनर्स्थापनापछि पनि काम गर्ने वातावरण बन्न नसकेकाले वर्तमान अवस्थामा निर्वाचनमा जानु नै सही निर्णय भएको वताउनु गर्नुभयो ।

उहाँहरुले संसदीय अभ्यासको नाममा गैह्र संबैधानिक अभ्यासहरु देखिएको तथा अनधिकृत र असंसदीय अभ्यास सुरु भएको दाबी गर्नुभयो ।

राष्ट्रियसभाको आजको बैठकको विशेष समयमा बोल्दै प्रतिपक्षदलका सदस्यहरुले विधिको शासन र कानुनलाई सरकारले नमानेका कारण राजनितक समस्या बल्झिएको बताउनु भयो।

राष्ट्रियसभा सदस्यहरुले बाढी पहिरोबाट मुलुकका विभिन्न स्थानमा ठूलो जनधनको क्षति भएको भन्दै राहत, पुर्नस्थापनाको माग गर्नुभयो ।

आजको बैठकमा राष्ट्रियसभा सदस्यहरुले सबै नागरिकलाई तत्काल खोपको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराउनु भयो।

संसदले पास गरे अनुरुपको चुच्चे नक्साको प्रयोग स्वयं सरकारी निकायबाट नै भएको छैन भन्दै राष्ट्रियसभा सदस्यहरुले राष्ट्रिय दलित आयोगको गठन संविधान बमोजिम नरहेको बताउनु भयो। रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नेपाली कांग्रेसद्वारा पार्टीका सदस्यहरुलाई विपदमा परेकाको उद्धारमा जुटन निर्देशन
२०८३ श्रावण ३१, आइतबार
त्रिविको BIT प्रवेश परीक्षाको नतिजा केही घण्टामै सार्वजनिक
२०८३ श्रावण ३१, आइतबार
बिपी, गणेशमानजस्ता नेतालाई निजीकरण गरी घरभित्र कैद गर्नुहुँदैनः सभापति थापा
२०८३ श्रावण ३१, आइतबार
इरानद्वारा अमेरिकी सैनिक मार्ने वा पक्रने व्यक्तिलाई ३० हजार डलर इनामको घोषणा
२०८३ श्रावण ३१, आइतबार
टप एण्ड टी–२० सिरिज खेल्ने नेपाल ‘ए’ टिमको बिदाइ
२०८३ श्रावण ३१, आइतबार
खोटाङमा स्थानीय तहको सङ्ख्या र सीमा हेरफेरसम्बन्धी छलफल सुरु
२०८३ श्रावण ३१, आइतबार
कांग्रेस संस्थापन इतर पक्षले आयोजना गरेको तीन दिने राष्ट्रिय सम्मेलन सम्पन्न
२०८३ श्रावण ३१, आइतबार