भाद्र १, २०८३ सोमबार August 17, 2026

विनियोजन विधेयकको विभिन्न शीर्षकमाथिको छलफल शुरु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः प्रदेश नं १ प्रदेशसभाको आजको बैठकमा विनियोजन विधेयक, २०७८ को विभिन्न शीर्षकमाथिको छलफल शुरु भएको छ ।

बैठकमा सामाजिक विकास मन्त्रालयका विभिन्न शीर्षकमाथि छलफल भएको हो । छलफलमा भाग लिदैं प्रदेशसभा सदस्य ओमप्रकाश सरावगीले नीति तथा कार्यक्रमअनुसार बजेट नआएको बताउँदै सन्थाल जातिका नेता तुलसा हेमराम प्रतिष्ठानलाई सहमति अनुसार बजेट विनियोजन नभएकोमा सरकारको ध्यानाकर्षण गराउनुभयो ।

अर्का सदस्य लोकप्रसाद सङ्ग्रौलाले स्वास्थ्य बीमामा चिकित्सकको सिफारिश अनुसार नभई न्यून गुणस्तरीय औषधि उपलव्ध गराएर जनताको स्वास्थ्यमाथि खेलबाड गरेको आरोप लगाउनुभयो । त्यस्तै सदस्य सन्ध्याकुमारी दनुवारले उदयपुर जिल्लाका लागि स्वास्थ्य क्षेत्रमा न्यून बजेट छुट्याएकोमा गुनासो व्यक्त गर्नुभयो । सदस्य सावित्रीकुमारी रेग्मीले औषधि खरिदको तुलनामा मन्त्रालयको चिया र अतिथि सत्कारमा बढी बजेट विनियोजन भएको बताउनुभयो ।

यसअघि बैठकको शुन्य समयमा बोल्ने अधिकांश सदस्यले बाढीपहिरो, सडक, पुल, सुकुम्वासीलगायत समस्याप्रति सरकारको ध्यानाकर्षण गराउँदै उदयपुरको बेलका नगरपालिकामा बसोवास गरिरहेका नागरिकलाई कवुलियत वनको नाममा उठीवास गराउने गतिविधिको अन्त्य हुनुपर्ने, उदयपुरको त्रियुगा नदीमा निर्माणाधिन पुल वगाएको सम्बन्धमा दोषी ठेकेदार र इञ्जिनीयरलाई कारवाही गर्नुपर्ने, मोरङको मोतिपुर–गिधनिया बहुवर्षीय सडकको अवस्थाको बारेमा सरकारको ध्यानाकर्षण गराउनुभयो ।

यसरी बोल्ने सदस्यहरुमा अम्विका थापा, कुसुमकुमारी श्रेष्ठ, बिलम कार्की, विजयकुमार विश्वास र सुनिता कुमारी चौधरी हुनुहुन्छ । बैठकको शुरुमा सभामुख प्रदीपकुमार भण्डारीले गएको असार १३ गते भौतिक पूर्वाधार विकास मन्त्रालयसंग सम्बन्धित विनियोजन शीर्षकको छलफलका क्रममा सम्बन्धित मन्त्रीले जवाफ दिँदा सभामुखले रुलिङग गरे पछाडिका अभिव्यक्तिलाई अभिलेखबाट हटाउन सचिवालयलाई निर्देशन दिनुभयो । उहाँले सभामा मर्यादित भाषाको प्रयोग गरी यसको मर्यादा कायम राख्न सम्बन्धित सबैलाई सचेत गराउनुभयो ।रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नेपाली कांग्रेसद्वारा पार्टीका सदस्यहरुलाई विपदमा परेकाको उद्धारमा जुटन निर्देशन
२०८३ श्रावण ३१, आइतबार
त्रिविको BIT प्रवेश परीक्षाको नतिजा केही घण्टामै सार्वजनिक
२०८३ श्रावण ३१, आइतबार
बिपी, गणेशमानजस्ता नेतालाई निजीकरण गरी घरभित्र कैद गर्नुहुँदैनः सभापति थापा
२०८३ श्रावण ३१, आइतबार
इरानद्वारा अमेरिकी सैनिक मार्ने वा पक्रने व्यक्तिलाई ३० हजार डलर इनामको घोषणा
२०८३ श्रावण ३१, आइतबार
टप एण्ड टी–२० सिरिज खेल्ने नेपाल ‘ए’ टिमको बिदाइ
२०८३ श्रावण ३१, आइतबार
खोटाङमा स्थानीय तहको सङ्ख्या र सीमा हेरफेरसम्बन्धी छलफल सुरु
२०८३ श्रावण ३१, आइतबार
कांग्रेस संस्थापन इतर पक्षले आयोजना गरेको तीन दिने राष्ट्रिय सम्मेलन सम्पन्न
२०८३ श्रावण ३१, आइतबार