बैसाख १९, २०८३ शनिबार May 2, 2026

बन्दुक हिंसा नियन्त्रणका लागि न्यूयोर्क प्रशासनको कार्यकारी आदेश जारी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः अमेरिका घना जनसङ्ख्या भएको न्यूयोर्क राज्यमा बढ्दो बन्दुक हिंसालाई रोक्नको लागि स्थानीय सरकारले आपतकालीन कार्यकारी आदेश जारी गरेको छ ।

न्यूयोर्कका गभर्नर एन्ड्रयू क्युमोले कार्यकारी आदेशमा हस्ताक्षर गर्नुभएको छ । यो सँगै बन्दुक हिंसालाई न्यूनिकरण गर्ने उद्देश्यले कार्यकारी आदेश जारी गर्ने न्यूयोर्क पहिलो अमेरिकी राज्य बनेको छ ।

कार्यकारी आदेशपछि बन्दुकबाट हुने हिंसाको हस्तक्षेप र रोकथामका लागि १६ अर्ब ४२ करोड रुपैयाँ खर्च हुने अनुमान गरिएको गभर्नर क्युमोको कार्यालयका एक अधिकारीले बताउनुभएको छ । गत ४ जुलाईको साप्ताहिक बिदामा न्यूयोर्क राज्यमा मात्रै साप्ताहिक ५१ वटा गोलीकाण्डका घटना भएको अमेरिकी सुरक्षा अधिकारीहरुले जनाएका छन् ।

अमेरिकामा देशैभरि गोलीकाण्डका कारण हुने मृत्युदर बढेको छ । गत साता मात्रै दुई सयभन्दा बढी यस्ता घटना घटेका एफबीआईको रिपोर्टमा उल्लेख छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले जुनको अन्त्यमा हत्याका घटना वृद्धिलाई रोक्न बन्दुक आपूर्ति र हतियार तस्करी नियन्त्रणका सम्बन्धमा एउटा रणानीति अघि सार्नुभएको थियो ।

खोप लगाउन राष्ट्रपति बाइडेनको नागरिकसँग आग्रह

यसैबीच अमेरिकी राष्ट्रपति बाइडनले सबै नागरिकलाई बिना हिचकिचाई खोप लगाउन पुनः आग्रह गर्नुभएको छ । नागरिकले स्वतस्फूर्त नजिकका स्वास्थ्य संस्था वा खोप केन्द्रमा गएर खोप नलिएमा खोपको लागि प्रशासन घरघरमा पुगेर भएपनि खोप अभियानलाई सम्पनन गर्ने र नागरिकलाई महामारीबाट सुरक्षा प्रधान गर्ने उहाँले बताउनुभएको छ ।

जुलाईको चौथो हप्तासम्ममा ७० प्रतिशत नागरिकलाई कोरानाविरुद्धको पहिलो मात्रा खोप लगाउने लक्ष्य पूरा गर्न बाइडन प्रशासनले घरदैलो कार्यक्रम शुरु गरिसकेको छ ।

अति सङ्क्रामक मानिएको कोरोना भाइरसको ‘डेल्टा भेरियन्ट’ फैलन त्रास बढिरहेका बेला सबै नागरिकलाई खोप लगाउने आफ्नो लक्ष्य पूरा गर्न बाइडन प्रशासनले नयाँ कार्यक्रम ल्याएको हो ।

बाइडनले भन्नुभयो, “अब हामीलाई समुदायद्वारा समुदाय, छिमेकीद्वारा छिमेकी र घर–घर जानु जरुरी छ । साँच्चिनै दैलो दैलो पुगेर भाइरसबाट बाँकी नागरिकलाई पनि जोगाउन सकियोस् ।”

अमेरिकीहरूबीच खोप अभियानबारे सकारात्मक तथा नकारात्मक दुबै बुझाई रहेको पाइन्छ । सरकारको यस कार्यक्रमको आलोचकहरुले खोपको विश्वसनियातामाथि अविश्वास प्रकट गर्न पाउने बताएका छन् । सरकारले खोप उपलब्ध गराउनुपर्ने तर लगाउने नलगाउने निर्णय लिन व्यक्तिलाई स्वतन्त्रता दिनुपर्ने कोभिड–१९ विरूद्धको खोपका आलोचकहरूको भनाइ रहेको छ ।

अमेरिकामा केही रिपब्लिकन सांसद र सदस्यहरू धेरै मानिससँग आफ्नै शरीरको एण्टीबडी हुने भन्दै खोप लिन बाध्य बनाउन नपाइने बताइरहेका छन् । कसैले खोप लगाउने–नलगाउने भन्ने विषय सरकारको सरोकार नभएको भन्दै उनीहरूले घर घर आउनेहरुलाई वेवास्ता गर्ने बताएका छन् । रासस-एएफपी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया