कार्तिक ६, २०८३ शुक्रबार October 23, 2026

प्रदेश सरकारले सबै जिल्लामा देखिने गरी काम गरिरहेको छ : मुख्यमन्त्री पौडेल

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

चितवन । प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश ३ का सबै जिल्लामा प्रदेश सरकार देखिने गरी काम भइरहेको बताएका छन् ।

पश्चिम चितवनको मेघौलीमा बन्ने राइनो पार्कको मंगलबार शिलान्यास गर्दै मुख्यमन्त्री पौडेलले २१ महिनाको अवधिमा प्रदेश सरकारले हरेक जिल्लामा विकास निर्माणमा उपस्थिति जनाएको बताएका छन । उनले कानून बनाउनेदेखि विभिन्न नीतिगत काममा प्रदेश सरकारले केही समय खर्चिएको भए पनि अब भने देखिने गतिमा काम अघि बढेको बताएका छन । कृषि र पर्यटनबाट मुलुकमा सम्वृद्धि आउन सक्ने भएकोले यी दुई बिषयलाई प्रदेश सरकारले पनि प्राथमिकतामा राखेको उनको भनाइ छ ।

चितवन नेपालको तेस्रो तर प्रदेश सरकारको दोस्रो पर्यटकीय गन्तब्य भएको भन्दै मुख्यमन्त्री पौडेलले भने, ‘चितवनमा कृषि र पर्यटन दुवैको प्रचुर सम्भावना छ, सोही अनुसार प्रदेश सरकारले पनि लगानी गरिरहेको छ ।’ पुरानै शैली, ढाँचा, भाषण मात्रैं गर्ने, कुरा गर्ने लगानी नगर्ने मनोरोग जहाँतही देखिएको मुख्यमन्त्री पौडेलले बताएका छन ।

राइनोपार्कमा ४० फिट लम्वाइ र ३९ फिट चौडाइ भएको गैंडाको प्रतिमा बनाउने तयारी छ । दुई तलामा रहने प्रतिमा पहिलो तलामा पर्यटक सूचना केन्द्र र दोस्रो तलामा संग्राहलय बनाउने योजना छ । भरतपुर महानगरपालिका र प्रदेश ३ सरकारको संयुक्त लगानीमा २ करोड ९० लाखको लगातमा गैंडाको प्रतिमा बनाउन लागिएको पर्यटन विज्ञ विश्व सुवेदीले जानकारी दिएका छन । पार्कमापछि घाइते जंगली जनावरहरुको उद्धार र उपचार केन्द्र पनि बनाउने तयारी छ । पार्कको कुल लागत २३ करोड छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
रवि लामिछाने पत्नी निकिता र मन्त्री प्रतिभा रावलसहित भारत भ्रमणमा
२०८३ कार्तिक ६, शुक्रबार
एशियाली चेसमा सहभागी हुने नेपाली टोली भारत प्रस्थान
२०८३ कार्तिक ५, बिहिबार
टर्की, पाकिस्तान र साउदी अरबबीच रक्षा सम्झौता
२०८३ कार्तिक ५, बिहिबार
भक्तपुरको थिमिमा प्रसिद्ध खाँः अर्थात कुभिण्डो जात्रा सम्पन्न
२०८३ कार्तिक ५, बिहिबार
धरानमा दसैँमा २६ करोड बढीको खसीबोका कारोबार
२०८३ कार्तिक ५, बिहिबार
हानिनोक्सानी कोषबाट नेपाललाई तीन अर्ब अनुदान
२०८३ कार्तिक ५, बिहिबार
सल्यानमा स्क्रब टाइफसबाट थप एक पुरुषको मृत्यु, मृतकको सङ्ख्या १० पुग्यो
२०८३ कार्तिक ५, बिहिबार