भाद्र १०, २०८३ बुधबार August 26, 2026

संसदीय समितिको निर्देशन : लिम्पियाधुरा समावेश गरी नक्सा सार्वजनिक गर्नू

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले लिम्पियाधुरालाई समावेश गरेर नेपालको नक्सा तत्काल सार्वजनिक गर्न सरकारलाई निर्देशन दिएको छ ।

शुक्रबार गृहमन्त्री रामबहादुर थापा र भूमि व्यवस्थामन्त्री पद्मा अर्यालसँग छलफलपछि समितिले लिम्पियाधुरा, लिपुलेक, कालापानी, सुस्ता लगायतका नेपाली भूमि समावेश गरी नेपालको नक्सा अविलम्ब जारी गर्न निर्देशन दिएको हो ।

समितिमा भएको छलफलमा मन्त्री अर्यालले नेपालको नक्सामा लिपुलेक, कालापानी समावेश भएको तर लिम्पियाधुरा क्षेत्र नभएको बताइन् । उनले भनिन्, ‘सरकारले एउटा सन्दर्भ पारेर प्रकाशित गर्छ, यसका लागि डकुमेण्ट संकलन गरिरहेको छ ।’

समितिले नेपाली भूमिको रक्षा तथा कालापानी क्षेत्रमा बसोबास गरिरहेका नेपालीहरुलाई सहज आवत जावत गर्ने बाटो र अन्य सुविधा उपलब्ध गराउन भनेको छ । साथै भारतबाट अतिक्रमित भूमिमा नेपालको सार्वभौम अधिकार र स्वामित्व सुदृढ गर्न भारत सरकारसँग राजनीतिक, कूटनीतिक तहमा अविलम्ब वार्ता गरी समस्या समाधान गर्न सरकारलाई निर्देशन दिएको छ ।

बैठकले गृह, भूमिव्यवस्था र परराष्ट्र मन्त्रालयसहितका निकायहरुको संयुक्त समन्वयनकारी संयन्त्र निर्माण गरी एकीकृत रुपमा प्रभावकारी काम गर्न पनि भनेको छ ।

यसअघि संसदको राज्य व्यवस्था समितिले पनि सरकारलाई लिम्पियाधुरासहितको नक्शा सार्वजनिक गर्न निर्देशन दिएको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नेपाली सेनाको स्वास्थ्य टोलीद्वारा बाढीपीडितको उपचार जारी
२०८३ भाद्र १०, बुधबार
भोटेकोशी बाढी अपडेट : ४०३ पर्यटक सम्पर्कविहीन, कुन देशका कति ?
२०८३ भाद्र १०, बुधबार
त्रिविको व्यवस्थापन सङ्कायको परीक्षा स्थगित
२०८३ भाद्र १०, बुधबार
रास्वपाले बाढीपीडितका लागि ५० लाख दिने, ‘र्‍याट’ परिचालन गर्ने
२०८३ भाद्र १०, बुधबार
कांग्रेस केन्द्रीय समिति बैठकले के-के गर्यो निर्णयहरु (सूची सहित)
२०८३ भाद्र १०, बुधबार
भोटेकोशी बाढीबाट भएको क्षतिबारे राष्ट्रपतिले लिए प्रधानमन्त्रीसँग जानकारी
२०८३ भाद्र १०, बुधबार
अमेरिकी सामानमा क्यानाडाको प्रतिशुल्क
२०८३ भाद्र १०, बुधबार