भाद्र १, २०८३ सोमबार August 17, 2026

विधेयकसम्बन्धी प्रस्ताव सर्वसम्मतिले पारित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः प्रदेश नं १ को प्रदेशसभा बैठकले ‘प्रदेश कृषि व्यवसाय प्रवद्र्धन अनुदान सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सम्बन्धी प्रस्ताव आज सर्वसम्मतिले पारित गरेको छ ।

प्रदेश नं १ प्रदेशसभाको आजको बैठकमा प्रदेशसभा नियमावली, २०७४ को निमय ९२ बमोजिम भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री रामबहादुर मगरले सो विधेयक प्रस्ताव सदनमा पेश गर्नुभएको थियो ।

मन्त्री मगरले हाम्रो कृषि जीविकोपार्जन गर्ने किसिमको मात्र भएको अवस्थामा कृषि एवं कृषि उत्पादन बढाउन सरकारले अनुदानको व्यवस्था गरेको बताउनुभयो । उहाँले अनुदान विभिन्न स्वरुपमा रहेकाले यसको गलत प्रयोग हुन नदिन विधेयक ल्याइएको जानकारी दिँदै सरकारले कृषिमा दिने अनुदान ५० देखि ७५ प्रतिशत रहेको र यसलाई पारदर्शी बनाउन विधेयकले मद्दत गर्ने विश्वास व्यक्त गर्नुभयो ।

विशेष समय

प्रदेशसभाको आजको बैठकमा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस संसदीय दलका नेता राजीव कोइरालाले प्रदेशका नागरिकलाई सरकारले कहिलेसम्म खोप लगाइसक्ने हो भनी प्रश्न गर्नुभयो । उहाँले प्रदेशमा कुनकुन खोप कति मात्रामा आएको हो भन्ने विषयमा पनि जानकारी माग गर्नुभयो ।

उहाँले प्रहरी समायोजन सम्बन्धमा प्रदेश सरकारले बनाएको विधेयक अहिलेसम्म कार्यान्वयन नहुनुका कारण पनि सरकारसँग माग गर्नुभयो । नेता कोइरालाले सुनसरी दुहबीदेखि इनरुवासम्मको १४ किमी बाटोलाई प्रदेश सरकारले प्रदेश गौरव योजनामा राखेर सडकको स्तरोनन्ति गर्न माग गर्नुभयो । उहाँले प्रदेश सरकारले विगतमा यहाँका नागरिकसँग गरेका सहमति अहिलेसम्म पनि पूरा नगरेकामा चिन्ता व्यक्त गर्नुभयो ।

नेपाल कम्युनिष्ट पार्टी (माओवादी) केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले झापाको गिरी बन्धु टि स्टेटको २८० बिघा जग्गा साटापट्टा गर्ने निर्णय गरेकाले त्यो खारेज हुनुपर्ने माग गर्नुभयो । उहाँले हदबन्दीभन्दा माथिका जग्गा राज्यलाई फिर्ता हुनुपर्ने भूमि ऐनले व्यवस्था गर्दागर्दै पनि सरकारले यस्तो निर्णय गर्नु भूमाफियालाई पोस्ने काम हो भन्नुभयो ।

शून्य समय

प्रदेशसभाको आजको बैठकको शून्य समयमा प्रदेशसभा सदस्य इन्दिरा राईले कोरोनाको उपचार एवं रोकथाम स्थानीय तहमा पनि उचित ढङ्गले हुनुपर्ने माग गर्नुभयो । सदस्य लीला सुब्बाले विद्यार्थीलाई पनि कोरोनाको खोप लगाउनुपर्ने माग गर्नुभयो । सदस्य तुलसीप्रसाद न्यौपानेले महाकाली नदीमा जयसिंह धाँमी तुइनबाट खसी बेपत्ता भएकोे विषयमा सरकारले जानकारी दिनुपर्ने बताउनुभयो । सदस्य विष्णु तुम्बाहाम्फेले संविधानमा भएको व्यवस्थाअनुसार नै नेपाली जनताले समानुपातिकरुपमा राज्यको सुविधा उपभोग गर्नुपर्ने धारणा राख्नुभयो । सदस्य रामचन्द्र लिम्बूले सीमा क्षेत्रमा भारतीय पक्षबाट निकै ज्यादति भइरहेकाले सरकारको ध्यानाकर्षण गराउनुभयो ।

प्रदेशसभाको अर्को बैठक शुक्रबार दिउँसो १ बजे बस्ने सभामुख प्रदीपकुमार भण्डारीले जानकारी दिनुभयो ।रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नागदहमा नागपञ्चमी मेलाको तयारी पूरा
२०८३ श्रावण ३१, आइतबार
नेपाली कांग्रेसद्वारा पार्टीका सदस्यहरुलाई विपदमा परेकाको उद्धारमा जुटन निर्देशन
२०८३ श्रावण ३१, आइतबार
त्रिविको BIT प्रवेश परीक्षाको नतिजा केही घण्टामै सार्वजनिक
२०८३ श्रावण ३१, आइतबार
बिपी, गणेशमानजस्ता नेतालाई निजीकरण गरी घरभित्र कैद गर्नुहुँदैनः सभापति थापा
२०८३ श्रावण ३१, आइतबार
इरानद्वारा अमेरिकी सैनिक मार्ने वा पक्रने व्यक्तिलाई ३० हजार डलर इनामको घोषणा
२०८३ श्रावण ३१, आइतबार
टप एण्ड टी–२० सिरिज खेल्ने नेपाल ‘ए’ टिमको बिदाइ
२०८३ श्रावण ३१, आइतबार
खोटाङमा स्थानीय तहको सङ्ख्या र सीमा हेरफेरसम्बन्धी छलफल सुरु
२०८३ श्रावण ३१, आइतबार