भाद्र १, २०८३ सोमबार August 17, 2026

प्रदेश १ को प्रदेशसभाबाट कृषि अनुदान विधेयक पारित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः प्रदेश १ प्रदेशसभाको बिहीबारको बैठकमा ‘प्रदेश कृषि व्यवसाय प्रवद्र्धन अनुदान सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७८’ सर्वसम्मतिले पारित भएको छ।

सो प्रस्ताव भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्री रामबहादुर मगरले सदनमा पेस गरेका थिए। सो विधेयकमा प्रदेशसभा सदस्यद्वय बुद्धिकुमार राजभण्डारी र विमल कार्कीले संशोधन प्रस्ताव दर्ता गरेका थिए।

संशोधन प्रस्तावको दफावार छलफलमा प्रदेशसभा सदस्य कार्कीले कृषि अर्थतन्त्रको मेरुदण्ड भएकाले यसलाई फस्टाउन अनुदानको व्यवस्था खारेज गर्नुपर्ने धारणा व्यक्त गर्दै अनुदानले कृषिमा क्रान्ति नल्याई यसलाई शिथिल बनाउने भएकाले यो प्रस्ताव दर्ता गरेको जानकारी दिए।

जवाफमा मन्त्री मगरले कृषिलाई व्यवसायीकरण गर्न यसमा अनुदान आवश्यक छ भन्दै एक करोड रुपैयाँ अनुदान लैजाने कृषकले केही समयपछि ३५ प्रतिशत फिर्ता गर्नुपर्ने प्रावधान विधेयकमा रहेको बताए।

संशोधन प्रस्तावमा मन्त्री मगरले आंशिक प्रस्ताव स्वीकारेका थिए। अन्य प्रस्ताव संशोधनकर्ताले फिर्ता लिएका थिए। बैठकमै ‘केही प्रदेश ऐनालाई संशोधन गर्न बनेको विधेयक, २०७८’ विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले पारित भएको छ।

सो प्रस्ताव आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मतकुमार कार्कीले सदनमा पेस गरेका थिए। उनले यो ऐनले एक्लाएक्लै संशोधन गरिरहनु नपर्ने भएकाले समयको बचत हुने र थप काम गर्न समय मिल्ने बताए।

उनले अहिले प्रदेशमा ५० भन्दा बढी कानुन निर्माण भइसकेकाले कतिपय ऐन संशोधन गर्न आवश्यक देखिएको छ भन्ने जानकारी दिँदै समयानुकूल विधेयक संशोधन भए प्रदेशको काम कारबाही तीव्र गतिमा अघि बढ्ने विश्वास व्यक्त गरे।

प्रस्ताव गरिएको विधेयकमा आन्तरिक मामिला तथा कानुन मन्त्रालयका दुई, सामाजिक विकास मन्त्रालयका दुई, भौतिक पूर्वाधार मन्त्रालयका तीन र मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका एउटा कानुन संशोधन हुने उनले जानकारी दिए। प्रदेशसभाको अर्को बैठक साउन ३१ गते दिउँसो १ बजे बस्नेछ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नेपाली कांग्रेसद्वारा पार्टीका सदस्यहरुलाई विपदमा परेकाको उद्धारमा जुटन निर्देशन
२०८३ श्रावण ३१, आइतबार
त्रिविको BIT प्रवेश परीक्षाको नतिजा केही घण्टामै सार्वजनिक
२०८३ श्रावण ३१, आइतबार
बिपी, गणेशमानजस्ता नेतालाई निजीकरण गरी घरभित्र कैद गर्नुहुँदैनः सभापति थापा
२०८३ श्रावण ३१, आइतबार
इरानद्वारा अमेरिकी सैनिक मार्ने वा पक्रने व्यक्तिलाई ३० हजार डलर इनामको घोषणा
२०८३ श्रावण ३१, आइतबार
टप एण्ड टी–२० सिरिज खेल्ने नेपाल ‘ए’ टिमको बिदाइ
२०८३ श्रावण ३१, आइतबार
खोटाङमा स्थानीय तहको सङ्ख्या र सीमा हेरफेरसम्बन्धी छलफल सुरु
२०८३ श्रावण ३१, आइतबार
कांग्रेस संस्थापन इतर पक्षले आयोजना गरेको तीन दिने राष्ट्रिय सम्मेलन सम्पन्न
२०८३ श्रावण ३१, आइतबार