भाद्र १, २०८३ सोमबार August 17, 2026

माग पूरा नभएसम्म सदन अवरुद्ध गर्ने एमालेको निर्णय

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः लुम्बिनी प्रदेशको प्रमुख विपक्षी दल नेकपा एमालेले आफ्ना माग पूरा नभएसम्म प्रदेशसभा बैठक अवरुद्ध गर्ने भएको छ ।

पार्टीबाट निर्वाचित दुई जना प्रदेशसभा सदस्यलाई निष्कासन गर्न दिएको निवेदन सभामुखले अस्वीकार गरेपछि एमाले झन् आक्रोशित भएको हो ।

लुम्बनी एमाले संसदीय दलका प्रमुख सचेतक भूमिश्वर ढकालले आज प्रेस विज्ञप्ति जारी गर्दै सभामुख र प्रदेश सरकार लोकतान्त्रिक विधि, पद्धति र संवैधानिक प्रावधानलाई कुल्चेर अघि बढेको बताउनुभएको छ ।

दलका नेता शंकर पोखरेलको नेतृत्वमा संविधानको धारा ६८ को उपधारा १ अनुसार गठन भएको सरकारका विरुद्ध दुई वर्षभित्र अविश्वास प्रस्ताव ल्याउन नपाइने संवैधानिक प्रावधान रहे पनि संवैधानिक प्रावधानलाई कुल्चिँदै सरकारविरुद्ध अविश्वास प्रस्ताव दर्ता, प्रदेश प्रमुखलाई विशेष अधिवेशनको लागि समावेदन र संवैधानिक प्रावधान विपरीत प्रदेश प्रमुखबाट विशेष अधिवेशनको आव्हान गरिएको विज्ञप्तिमा उल्लेख छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नागदहमा नागपञ्चमी मेलाको तयारी पूरा
२०८३ श्रावण ३१, आइतबार
नेपाली कांग्रेसद्वारा पार्टीका सदस्यहरुलाई विपदमा परेकाको उद्धारमा जुटन निर्देशन
२०८३ श्रावण ३१, आइतबार
त्रिविको BIT प्रवेश परीक्षाको नतिजा केही घण्टामै सार्वजनिक
२०८३ श्रावण ३१, आइतबार
बिपी, गणेशमानजस्ता नेतालाई निजीकरण गरी घरभित्र कैद गर्नुहुँदैनः सभापति थापा
२०८३ श्रावण ३१, आइतबार
इरानद्वारा अमेरिकी सैनिक मार्ने वा पक्रने व्यक्तिलाई ३० हजार डलर इनामको घोषणा
२०८३ श्रावण ३१, आइतबार
टप एण्ड टी–२० सिरिज खेल्ने नेपाल ‘ए’ टिमको बिदाइ
२०८३ श्रावण ३१, आइतबार
खोटाङमा स्थानीय तहको सङ्ख्या र सीमा हेरफेरसम्बन्धी छलफल सुरु
२०८३ श्रावण ३१, आइतबार