काठमाडौंः बलिउड अभिनेता अमिताभ बच्चन फिल्म सुटिङका लागि नेपाल आउने भएका छन् । भारतीय मिडियामा उल्लेख भए अनुसार उनी ‘उचाईँ’ नामक फिल्मको सुटिङका लागि नेपाल आउन लागेका हुन् । पारिवारिक कथा बनाउन माहिर मानिने सुरज बडजात्याले याे फिल्मकाे निर्देशन गर्ने छन् ।
मित्रताको कथामा आधारित रहेर निर्माण हुने भनिएको फिल्ममा अमिताभसंगै अनुपम खेर, बोमन इरानी, नीना गुप्ता, पंकज त्रिपाठी लगायतको अभिनय रहनेछ ।
राजश्रीको व्यानरमा निर्माण हुने फिल्मका लागि अमिताभले नेपालमा ४० देखि ४५ दिन बिताउनेछन् । कोरोना भाइरसले सिर्जित अवस्थाको कारण नेपालमा फिल्मनगरी तंग्रिने तयारीमा रहेको अवस्थामा बलिउडको सुपर स्टार अमिताभ छायांकनका लागि आउन लागेका हुन् ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया