मंग्सिर २, २०८३ बुधबार November 18, 2026

पाकिस्तान दोस्रो पटक पनि अमेरिकाको कालोसूचीमा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं । अमेरिकाले धार्मिक स्वतन्त्रताको मामिलामा पाकिस्तानलाई फेरि कालो सूचीमा राखेको छ । यसलाई पाकिस्तानले भने खारेज गरेको छ ।

जुन देशमा धर्मको आधारमा भेदभाव हुन्छ, त्यो देशलाई अमेरिकाले कालोसूचीमा राख्छ । अमेरिकाको वार्षिक सूचीमा पाकिस्तानसहित नौ देश दोस्रो पटक कालोसूचीमा परेका छन् । कालोसूचीमा परेका देशहरुलाई अमेरिकाले प्रतिबन्ध लगाउने गर्दछ ।

पाकिस्तानले यसप्रति कडा आपत्ति जनाएको छ । अमेरिकाले पक्षपाती रवैया अपनाएको पाकिस्तानको आरोप छ । पाकिस्तान विदेश मन्त्रालयकी प्रवक्ता आयसा फारुकीले विज्ञप्ति जारी गर्दै भनेकी छन्, ‘अमेरिकी यो कदम यथार्थतासँग मेल खाँदैन । भारतमा अल्पसंख्यकलाई प्रताडित गरिन्छ, तर भारतलाई अमेरिकाले सूचीमा राखेको छैन । पूरै प्रक्रिया एकतर्फी र भेदभावपूर्ण छ ।’

उनले भनेकी छन्, ‘कश्मीरमा महिनौंदेखि मानिसहरुलाई कैद गरेर राखिएको छ । हालै धर्मको आधारमा नागरिकता दिने कानून बनाइएको छ, तर पनि भारतलाई अमेरिकाले सामेल गरेको छैन ।’

अमेरिकाको सूची नै अविश्वसनीय रहेको पाकिस्तानको भनाइ छ ।

पाकिस्तान धार्मिक बहुल मुलुक हो र सबै धर्मावलम्बीले आफ्नो(आफ्नो धर्मको पालना गर्ने संवैधानिक स्वतन्त्रता छ । भारत भने धार्मिक स्वतन्त्रतालाई नकार्ने सबैभन्दा ठूलो देश हो । तर, भारतलाई कालो सूचीमा नराखिनुले शंकास्पद छ ।’

अमेरिकी विदेशमन्त्री माइक पोम्पियोले १८ डिसेम्बर २०१९ मा सार्वजनिक गरेको सूचीमा चीन, पाकिस्तान, उत्तर कोरिया, साउदी अरब, म्यानमार, इरिट्रिया, इरान, ताजकिस्तान र तुर्कमेनिस्तानलाई दोस्रो पटक पनि परेका छन् । यी देशहरुलाई अन्तर्राष्ट्रिय धार्मिक स्वतन्त्रता कानूनअनुसार कालो सूचीमा राखिएको हो । यसपटक सुडान भने कालो सूचीमा परेको छैन ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
तातोपानी नाका तत्काल खुलाउन चीनसँग परराष्ट्रमन्त्री खनालको आग्रह
२०८३ मंग्सिर २, बुधबार
सभामुख अर्याल र चिनियाँ जनसंघका अध्यक्ष याङबीच शिष्टाचार भेटवार्ता
२०८३ मंग्सिर २, बुधबार
दानबहादुर कार्कीको रिटमा सर्वोच्चले बोलायो दुवै पक्ष, अन्तरिम आदेशबारे निर्णय हुने
२०८३ मंग्सिर २, बुधबार
त्रिवि पुनर्संरचनाअन्तर्गत पीएन क्याम्पसलाई स्वायत्त बनाउने गृहकार्य सुरु
२०८३ मंग्सिर २, बुधबार
मोरङमा निःशुल्क आँखा शिविर, ३ हजार ५०० को परीक्षण र २७५ जनाको मोतियाबिन्दुको शल्यक्रिया
२०८३ मंग्सिर २, बुधबार
एनपीएल इलिमिनेटरमा आज काठमाडौं र चितवन भिड्दै, विजेताले दोस्रो क्वालिफायर खेल्ने
२०८३ मंग्सिर २, बुधबार
नमोबुद्ध जात्रा : करुणा र देहत्यागको बौद्ध मान्यता जोडिएको ऐतिहासिक मेला
२०८३ मंग्सिर २, बुधबार