श्रावण २९, २०८३ शुक्रबार August 14, 2026

काठमाडौंबाट यस्तो देखियो खण्डग्रास सूर्यग्रहण

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । काठमाडौंमा खण्डग्रास सूर्यग्रहण सुरु भएको छ । बिहीबार बिहान ८ः४२ मिनेटबाट काठमाडौंमा ग्रहण सुरु भएको थियो ।

पञ्चांग निर्णायक समितिका अनुसार, बिहान १०ः१ मा मध्य हुने ग्रहण ११ः३१ बजे समाप्त हुनेछ । सुदूरपश्चिमको महेन्द्रनगरमा ८:३८ मा सुरु भई ११:१९ मा सकिनेछ भने पूर्वको झापामा भने ८:४८ मा सुरु भई ११ः२७ मा सकिनेछ ।

काठमाडौंबाट सूर्यमा ग्रहण लागेको प्रस्ट देखिएको छ । यद्यपि, वैज्ञानिकहरूले आँखामा क्षति पुग्ने भन्दै ग्रहणलाई नांगो आँखाले नहेर्न सुझाएका छन् ।

ग्रहण अवलोकनका लागि शिक्षा मन्त्रालयअन्तर्गतको बीपी कोइराला मेमोरियल प्लानेटेरियम तथा अब्जरभेटरी र विज्ञान संग्रहालय विकास समितिले बिहीबार लाग्ने खण्डग्रास सूर्यग्रहणको अवलोकन गर्ने व्यवस्था मिलाएको छ ।

समितिले कीर्तिपुरस्थित संग्रहालयमा अवलोकनको व्यवस्था मिलाएको हो । बीपी कोइराला मेमोरियल प्लानेटेरियम तथा अब्जरभेटरी र विज्ञान संग्रहालय विकास समितिका निमित्त कार्यकारी निर्देशक डा। सनतकुमार शर्माले आज लाग्ने खण्डग्रास सूर्यग्रहण दृश्यावलोकन गर्न चाहनेका लागि व्यवस्था मिलाइएको बताएका छन ।

शर्माका अनुसार, विशेष प्रकारको टेलिस्कोपबाट इच्छुक सर्वसाधारणले ग्रहण अवलोकन गर्नसक्नेछन् । अवलोकनका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेललगायतलाई आमन्त्रण गरिएको उनलले जानकारी दिएका छन ।

शर्माका अनुसार, यसरी ग्रहण अवलोकन गर्दा सर्वसाधारणलाई कुनै शुल्क लाग्दैन । वैज्ञानिक चेतना तथा संस्कारको प्रादुर्भावका लागि यसरी ग्रहण अवलोकन गराउन लागिएको उनको भनाइ छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
जेनजी आन्दोलनको राजनीतिक सहमति सबैले स्वीकार्नु पर्छः मन्त्री गौतम
२०८३ श्रावण २९, शुक्रबार
मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ६ पदमा जागिर खुल्यो, भदौ १२ सम्म आवेदन
२०८३ श्रावण २९, शुक्रबार
सरकारी कर्मचारीलाई वैदेशिक भ्रमणमा पूर्वस्वीकृति अनिवार्य
२०८३ श्रावण २९, शुक्रबार
दीर्घकालीन सहकार्यबारे युएनएफपिएसँग स्वास्थ्यमन्त्रीको छलफल
२०८३ श्रावण २९, शुक्रबार
काठमाडौं विश्वविद्यालयका उपकुलपतिमा विवेक बराल नियुक्त
२०८३ श्रावण २९, शुक्रबार
‘विगत बिर्सेर कांग्रेस एकताका लागि पहल गरौँ’ : डा. प्रकाशशरण महत
२०८३ श्रावण २९, शुक्रबार
मुग्लिन–मलेखु सडक तीन वर्षः आधाभन्दा थोरै काम
२०८३ श्रावण २९, शुक्रबार