कार्तिक १२, २०८३ बिहिबार October 29, 2026

गायक किरण गजमेरलाई नेपाल प्रवेशमा रोकः २०२१ भर नेपाल आउन नपाउने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः गायक किरण गजमेरलाई नेपाल प्रवेशमा रोक लगाइएको छ । सिङ्गिङ रियलिटी शो ‘द भ्वाइस अफ नेपाल’का विजेतासमेत रहेका गायक गजमेर अमेरिकी नागरिक हुन् ।

गायक गजमेरले नेपाल बस्न पाउने अवधि गुजारिसकेकाले गृह मन्त्रालयले उनलाई नेपाल प्रवेशमा रोक लगाएको हो । एक प्रवेशाज्ञा (भीसा) वर्षमा अमेरिकी नागरिकहरुले १ सय ८० दिन मात्र नेपाल बस्न पाउने प्रावधान रहेको छ ।

अध्यागमनले नेपाल प्रवेशमा रोक लगाएसँगै गायक गजमेर सन् २०२१ भर नेपाल आउन पाउने छैन । अध्यागमनका अनुसार उनले सन् २०२१ मा नेपाल बस्न पाउने अवधि गुजारिसकेका छन् । अब उनी सन् २०२२ मा मात्र नेपाल प्रवेश गर्न पाउनेछन् ।

गत सोमबार कतार एयरको क्यूआर ६५० नम्बरको उडानबाट नेपाल आएका गायक गजमेरलाई सोही दिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयले त्यहीबाट अमेरिका फिर्ता पठाएको थियो ।

‘द भ्वाइस अफ नेपाल’ को तेस्रो संस्करणमा उनलाई दर्शकहरुले सर्वाधिक रुचाएका थिए । – एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
कांग्रेसले तिहारपछि केन्द्रीय सदस्यसँग कार्ययोजना माग्ने, चार महिनामा प्रगति समीक्षा गर्ने
२०८३ कार्तिक १२, बिहिबार
सेयर बजारमा हरियाली, नेप्से र कारोबार दुवै बढ्यो
२०८३ कार्तिक १२, बिहिबार
प्रेस स्वतन्त्रता अक्षुण्ण राख्दै आमसञ्चार क्षेत्रलाई व्यवस्थित बनाउनुपर्छः सञ्चारमन्त्री डा. तिमिल्सिना
२०८३ कार्तिक १२, बिहिबार
सरकारी कामकाजको भाषासम्बन्धी विधेयक हिउँदे अधिवेशनमा पेश गर्ने तयारी
२०८३ कार्तिक १२, बिहिबार
प्रधानसेनापति सिग्देल र अमेरिकी कार्यवाहक राजदूत बोल्डेनबीच भेटवार्ता
२०८३ कार्तिक १२, बिहिबार
इजरायलमा नेतान्याहु पक्षलाई ५३ सिट
२०८३ कार्तिक १२, बिहिबार
विश्वविद्यालयको सङ्ख्या होइन, गुणस्तरीय शिक्षा महत्त्वपूर्ण : शिक्षामन्त्री पोखरेल
२०८३ कार्तिक १२, बिहिबार