काठमाडौंः नेपालीहरुको महान पर्व वडा दशैंको अवसरमा गीत संगीतहरु बजारमा आउने क्रम बढ्दो मात्रामा रहेको छ ।
गायक रोहित गैरे र गायिका गीता विश्वकर्माको बेदना ले भरिएको मौलिक दशैं गीत ”मुग्लान” गीतको भिडियो सार्वजनिक भएको छ ।
परदेशमा धन कमाउनको लागी विदेशमा गएको सन्तान र स्वदेशमा उसको परिवारमा परेको पिडालाई गीतमा समावेश गरिएको छ । शिला दुखी र जुना पुलामीको शब्द तथा मनोज विश्वकर्माको लय सिर्जना गीतमा रहेको छ ।
राम कृष्ण कडेँलको छायाँकन, विष्णु प्रसाद अर्यालको सम्पादन तथा राजन मर्हजनको निर्देशन भिडियोमा देख्न सकिन्छ ।
भिडियोमा रितेष श्रेष्ठ, सुर्य क्षितिज लामा, सविना केसी, स्वस्तिका राई, लक्ष्मी लामा, राजन मर्हजन, बसन्त बर्मा, मोती राम थापा, युवराज गजमेर, पुजा नेपालीको अभिनय रहेको छ । न्यूजअभियान
भिडियोमा हेर्नुहोसः
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया