श्रावण १५, २०८३ शुक्रबार July 31, 2026

तिहार गीत झिलीमिली तिहार साँझको बेला २ को भिडियो सार्वजनिक

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः गायक सन्जिब पुडासैनी, शैलेन्द्र मान प्रधान (बाबु) र गायिका प्रविशा अधिकारीको स्वर रहेको तिहार गीत झिलीमिली तिहार साँझको बेला २ को भिडियो सार्वजनिक गरिएको छ ।

नेपालीहरुको अर्को ठूलो महान पर्व तिहारको महत्व दर्शाउने सार्वजनिक गीतको भिडियोमा बरिष्ठ अभिनेता सन्तोष पन्त, आशिष पाण्डे, बञ्जु चौलागाई, नवराज बस्नेत, अस्मिता पन्त, प्रनिमाा दाहाल, सम्झना रिमाल, पूर्णमा लामा थोकरको अभिनय रहेको छ ।

निशान ब्याण्डको शब्द शृजना र संगीत रहेको गीतमा सोवित मगर र प्रिन्स राईको कोरियोग्राफी रहेको छ । फराज अर्पणको छायांकन, सम्पादन र निर्देशन रहेको गीतको सह निर्देशन विशाल थापाले गरेका हुन् ।

भिडियो गायक पुडासैनीकै अफिसियल च्यानलबाट बजारमा ल्याइएको हो ।- एजेन्सी

भिडियोमा हेर्नुहोस्ः

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया