कार्तिक ११, २०८३ बुधबार October 28, 2026

‘मिस युनिभर्स नेपाल २०२१’ को उपाधि सुजिताले चुमिन्

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः दोस्रो संस्करणको ‘मिस युनिभर्स नेपाल २०२१’ को उपाधि सुजिता बस्नेतले चुम्न सफल भएकी छिन् । शनिबार राजधानीको होटल याक एन्ड यतिमा भएको फिनालेमा १५ प्रतियोगीलाई पछि पर्दै सुजिताले उपाधि चुमेकी हुन् ।

उपाधि उचाल्न सफल सुजिताले १० लाख नगदसहित हिरा जडित ताज पहिरिएकी छन् । उनलाई गत वर्षकी मिस युनिभर्स नेपाल विजेता अंशिका शर्माले ताज पहिर्याएकी थिइन् ।

दोस्रो संस्करणको मिस युनिभर्स नेपाल विजेता बन्न सफल सुजिताले आगामी डिसेम्बरमा इजरायलमा हुने ‘मिस युनिभर्स’ मा नेपालबाट प्रतिनिधित्व जनाउने छिन् ।

विजेता सुजितासँगै निनाकान्ता मण्डल फस्ट रनरअप, रक्षा उप्रेती सेकेन्ड रनरअप, तिक्षा महरा क्षेत्री थर्ड रनरअप र डा. केशु खड्का फोर्थ रनरअप भएका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
दीपेन्द्रको विस्फोटक अर्धशतकमा सुदूरपश्चिम रोयल्सको पहिलो जित
२०८३ कार्तिक ११, बुधबार
एन्फा घोटाला प्रकरण : अध्यक्ष र महासचिवलाई जनही ५ लाख धरौटीमा छाड्न आदेश
२०८३ कार्तिक ११, बुधबार
शिक्षामन्त्री पोखरेलसँग स्वीट्जरल्याण्डका राजदूत ड्यानीएलको शिष्टाचार भेट
२०८३ कार्तिक ११, बुधबार
मङ्गलसेन–ग्रामीण सडकको ठेक्का तोडियो
२०८३ कार्तिक ११, बुधबार
सरकार बेलगाम फाँसीवादतर्फ अग्रसर भइरहेको अध्यक्ष ओलीको गम्भीर आरोप
२०८३ कार्तिक ११, बुधबार
नाइजेरियामा बन्दुकधारीको आक्रमणमा कम्तीमा ६२ जनाको मृत्यु
२०८३ कार्तिक ११, बुधबार
नेपाली सेनाको सैनिक हवाई सेवाले पूरा गर्‍यो दुई लाख उडान घण्टा
२०८३ कार्तिक ११, बुधबार