श्रावण १४, २०८३ बिहिबार July 30, 2026

डिबी लामाको ‘आपा-आमा’ बोलको गीत सार्वजनिक (भिडियो)

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः रोशी गाउँपालिकाका प्रमुख डिबी लामाको‘आपा–आमा’ बोलको गीत बजारमा आएको छ । बिहीवार काभ्रेको धुलिखेलस्थित् मिराबेल होटलमा पत्रकार सम्मेलन गरी उक्त गीत सर्वजानिक गरिएको हो । पत्रकार सम्मेलनमा उपस्थित् हुनेहरुको मन रसाएको थियो । कार्यक्रमका प्रमुख अतिथी बौद्ध धर्म गुरु तथा चर्चित गायिका आनी छोइङ डोल्मोले उक्त म्युजिक भिडियो बिमोचन गर्दै सफलताको शुभकामना व्यक्त गर्नुका साथै यस्ता भिडियोले समाजमा सकरात्मक सन्देश दिने बताए ।

चन्द्रदेव मोक्तान फाउण्डेशनले निर्माण गरिएको छ । उक्त म्युजिक भिडियोमा तामाङ चलचित्र संघका अध्यक्ष एंव मेगास्टार कुमार मोक्तानको मुख्य अभिनय रहेको छ भने चाँदनी मोक्तान, रोशन फ्युबा, सोनाम लामा र अस्मिता तामाङको अभिनय देख्न सकिन्छ ।

कार्यक्रममा सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष लामाले प्रतिष्ठानको तर्फबाट मंगल जनविजय माविमा इन्जीनियरीङ विषय लिएर अध्ययन गर्ने २ जना विद्यार्थीलाई पूर्ण छात्रबृत्तिको व्यवस्था गर्ने समेत प्रतिबद्धता जाहेर गरे । साथै अध्यक्ष लामाले आफ्ना आमा बुवा जिवित भगवान भएको बताए । उनले आफ्ना आपा–आमा लाई जिवित हुँदा नै माया र ममता गर्नु पर्नेमा जोड दिए ।

गीतमा रोशी गाउँपालिकाका प्रमुख डिबी लामाले लेखेका हुन । अमृत लामाको संगीत र स्वर, पवन वाङ लामाको संगीत संयोजन, दिपेश प्रधानले मिक्सिङ गरेको उक्त गीतको म्युजिक भिडियोलाई रोशन फ्युबाले ड्रोन छायांकन, लक्ष्मण घिमिरे र रोशन फ्युबाले छायांकन गरेका हुन । भिडियोलाई उनै मेगास्टार कुमार मोक्तानले निर्देशन गरेका हुन । कार्यक्रममा पत्रकार,समाजसेवी, राजनितिकर्मी, सुरक्षाकर्मी एव कलाकारहरुको बाक्लो उपस्थिती रहेको थियो । – एजेन्सी

भिडियोमा हेर्नुहोसः 

https://youtu.be/wSNd9xdby-I

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
भरतपुर अस्पतालमा सर्प दंशका बिरामीको मृत्यु शून्य
२०८३ श्रावण १४, बिहिबार
सुनसरी घटनाको जिम्मेवारी लिन सरकार तयार छ ? : पदमा अर्याल
२०८३ श्रावण १४, बिहिबार
सुनसरी घटनाबारे संसदमा जानकारी दिन कांग्रेसको माग
२०८३ श्रावण १४, बिहिबार
लुम्बिनीमा मन्त्रालय कटौती, ९ मन्त्रालयबाटै प्रदेश सरकार चल्ने
२०८३ श्रावण १४, बिहिबार
शिव शिखरका बचतकर्तालाई रकम फिर्ता जारी : थप ५६ जनाले पाए रकम
२०८३ श्रावण १४, बिहिबार
संयुक्त राष्ट्रसङ्घद्वारा कङ्गोमा इबोला प्रकोप नियन्त्रण गर्न बलियो प्रतिक्रिया प्रणाली निर्माण गर्न आग्रह
२०८३ श्रावण १४, बिहिबार
सम्पत्ति शुद्धीकरण नियम उल्लङ्घनमा तीन ब्रोकरलाई १.१० करोड जरिवाना, सानिमा क्यापिटललाई चेतावनी
२०८३ श्रावण १४, बिहिबार