श्रावण १४, २०८३ बिहिबार July 30, 2026

बन्द भयो ‘मुन्द्रेको कमेडी क्लब’

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः चर्चित हास्यकलाकार जितु नेपालले संचालन गर्दै आएको अभएको छ । संचालक जीतु नेपालले सोमबार एक पत्रकार भेटघाट गर्दै शो बन्द गर्ने घोषणा गरेका हुन् । मनोरन्जनात्मक कार्यक्रमले १ सय ३२ श्रंखला पुरा गरेर बन्द भएको हो ।

शो बन्द हुनुमा बाहिर आएको जस्तो फुलन्देका आमा मात्र कारण भने नभएको बुझिएको छ । जितु आफैले फुलन्देको आमा (उमेश राई) क्लब छाडेर अन्त्यै काम गर्न लाग्नुलाई मुख्य कारण भएको भन्दै अन्य कारणले पनि थप समस्या आइपरेको पत्रकारहरुसँगको कुराकानीमा बताए ।

सुरुको शो पर्यटन बोर्डमा गरेको बताउदै नेपालले कार्यक्रमको सुटिङ गर्ने सेटको अभाव भएको इशारा गरे । जितुले सुटिङ गर्नलाई स्थायी सेट नहुँदा निकै समस्या परेको सुनाए । पत्रकारसँगको कुराकानीमा उनले मनोरन्जनात्मक कार्यक्रम भएकोले अतिथिको अभाव भएको समेत गुनासो गरे । शो लाई निर्माण गरिरहेको कम्पनी ‘कि एडभर्टाइजिङ’ले फूलन्देकी आमा (उमेश राई) लाई प्रस्तोता बनाई अर्को टेलिभिजन शो घोषणा गरेपछि आफूले ‘मुन्द्रेको कमेडी क्लब’लाई बन्द गर्ने निर्णय लिएको नेपाल बताउँछन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
भरतपुर अस्पतालमा सर्प दंशका बिरामीको मृत्यु शून्य
२०८३ श्रावण १४, बिहिबार
सुनसरी घटनाको जिम्मेवारी लिन सरकार तयार छ ? : पदमा अर्याल
२०८३ श्रावण १४, बिहिबार
सुनसरी घटनाबारे संसदमा जानकारी दिन कांग्रेसको माग
२०८३ श्रावण १४, बिहिबार
लुम्बिनीमा मन्त्रालय कटौती, ९ मन्त्रालयबाटै प्रदेश सरकार चल्ने
२०८३ श्रावण १४, बिहिबार
शिव शिखरका बचतकर्तालाई रकम फिर्ता जारी : थप ५६ जनाले पाए रकम
२०८३ श्रावण १४, बिहिबार
संयुक्त राष्ट्रसङ्घद्वारा कङ्गोमा इबोला प्रकोप नियन्त्रण गर्न बलियो प्रतिक्रिया प्रणाली निर्माण गर्न आग्रह
२०८३ श्रावण १४, बिहिबार
सम्पत्ति शुद्धीकरण नियम उल्लङ्घनमा तीन ब्रोकरलाई १.१० करोड जरिवाना, सानिमा क्यापिटललाई चेतावनी
२०८३ श्रावण १४, बिहिबार