श्रावण १५, २०८३ शुक्रबार July 31, 2026

प्रमोद खरेलको ‘औकात’ म्यूजिक भिडियो दुई दिनमै एक लाखभन्दा बढीले हेरे

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः पछिल्लो पटक सार्वजनिक भएको औकात बोलको गीत दर्शक श्रोताको  मन मुटुमा बस्न सफल भएको छ ।

युवराज घिमिरेको प्रस्तुति, विद्या निर्दोष पहाडीको शब्द रचना र डिबी निरंकारीको सङ्गीत रहेको गीतमा अहिलेका चर्चित गायक प्रमोद खरेलले आवाज दिनुभएको छ  ।

विशाल निरौलाको युटुव च्यानलमार्फत सार्वजनिक भएको गीतले दुई दिन नपुग्दै एक लाखभन्दा बढी दर्शक श्रोताको माया पाएको छ ।

प्रेममा सर्वस्व सुम्पिदा पनि प्रेमीले प्रेम सुख नपाएको र प्रेमीका अरूसँग नै रमाएको कथा गीतमा उठाइएको छ ।

विक्रम चौहानले निर्देशन गर्नुभएको गीतमा युवा पुस्तामा अत्याधिक मन पराइएकी मोडेल गीता ढुङ्गाना , युवराज घिमिरे र डिबी निरंकारीको अभिनय रहेको छ ।

भिडियोः

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया