बैसाख १६, २०८३ बुधबार April 29, 2026

विश्वकै कान्छी प्रधानमन्त्रीको योजना : चार दिन काम तीन दिन आराम

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

विश्वकै कान्छी प्रधानमन्त्री फिनल्यान्डकी सन्ना मरिनले देशमा नयाँ योजना ल्याएकी छिन्।

ल्क्ष्ऋ ब्क्क्ष्ब् क्त्तग्ब्च्भ्
सन्ना मरिनले चार दिन काम र तीन दिन आरामको योजना ल्याएको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन्।

कामको दिनमा पनि ६ घन्टामात्र काम गर्नुपर्ने सन्ना मरिनले योजना ल्याएकी छिन्।

आफ्ना नागरिकले परिवारसँग पर्याप्त समय बिताऊन् भन्ने उद्देश्यले यो प्रस्ताव ल्याएको उनले बताएकी छन्।

आफ्नो दल सोसल डेमोक्र्याटिक पार्टीको १२० औं वार्षिकोत्सव कार्यक्रममा बोल्दै मरिनले नयाँ व्यवस्था ल्याउन लागेको जानकारी दिएकी हुन्।

छिमेकी देश स्वीडेनले ६ घन्टाको काम परीक्षण गर्दा त्यहाँका कर्मचारी खुशी भएको र कामको प्रभावकारीता बढेपछि फिनल्यान्डमा पनि त्यही नीति अवलम्ब गर्न लागेको उनको भनाइ छ।

गत डिसेम्बरमा सोसल डेमोक्र्याटिक पार्टीले ३४ वर्षीया मरिनलाई फिनल्याण्डको प्रधानमन्त्री बनाएको थियो।

मरिनको नेतृत्वमा बनेको गठबन्धनको सरकारमा सबै दलका महिला प्रतिनिधि छन् जसमध्ये चार जना ३५ वर्षभन्दा कम उमेरका रहेका छन्। एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया