जेठ ५, २०८१ शनिबार May 18, 2024

लायन्स डिष्ट्रिक्टको दोस्रो क्याविनेट मिटिङ आजबाट शुरु हुदैंः ३ हजार प्रतिनिधी सहभागी हुने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः लायन्स डिष्ट्रिक्ट ३२५ वि १ नेपालको दोस्रो क्याविनेट मिटिङ आजबाट काठमाडौंमा शुरु हुँदै छ । विश्वको सबैभन्दा ठूलो डिष्ट्रिक्टको रुपमा परिचय पाएको दोस्रो क्याविनेट मिटिङको विजनेस सेशन आज शुक्रबार २ बजेबाट स्काई रेष्ट्रो सामाखुसीमा शुरु हुनेछ । त्यस्तै दोस्रो क्याविनेट मिटिङको प्लेनरी सेशन भने प्रज्ञा भवन कमलादीमा भोली शनिबार हुने दोस्रो क्याविनेट मिटिङका संयोजक लायन आरवी अधिकारीले बताएका छन ।

शनिबारको दाेस्राे क्याविनेट मिटिङको विहान साँढे सात बजे भृकुटी मण्डपबाट प्रज्ञा भवनसम्म प्रभात फेरी र्याली समेत रहने बताइएको छ । दाेस्राे क्याविनेट मिटिङ पूर्व मंसिर १४ गतेसम्म प्रि रजिष्ट्रेशनको समयावधी तोकिएको थियो ।

डिष्ट्रिक्ट ३२५ वि १ नेपाल सदस्य संख्याको हिसाबले विश्वको सबैभन्दा ठुलो क्लबको मान्यता पाएको यस क्लबले यस पटकको दोस्रो क्यविनेट मिटिङ ऐतिहासिक हुने डिष्ट्रिक्ट गभर्नर लायन विश्वेश्वर आचार्यले बताउनुभयो । दुईदिनसम्म सञ्चालन हुने क्याविनेट मिटिङमा पिडिजी ज्यूहरु, क्याविनेटका सिनियर साथीहरु, क्लवका अध्यक्ष र पदाधिकारी गरी ३००० को हाराहारीमा सहभागी हुने अपेक्षा गरिएको गर्भनर आचार्यले बताउनुभयो ।

आयोजक कमिटीका अनुसार दोस्रो क्यविनेट मिटिङको पहिलो दिन शुक्रबारका लागी सम्पूर्ण पिडिजीहरु,रिजन, जोन, क्लस्टर, मोडल भिलेज चिफ सहित क्याविनेटका डिर्पाटमेन्ट चिफ पदसम्मका सिनियर लिडरहरुलाई मात्र आमन्त्रण गरिएको छ ।

शनिबार भने क्याविनेट मिटिङमा नाम दर्ता गर्ने सम्पूर्ण लायन्ससदस्यहरु सहभागी हुन पाउनेछन् । यो ऐतिहासिक दोस्रो क्याविनेट मिटिङलाई भव्यताका साथ सम्पन्न गर्न डिष्ट्रिक्ट गर्भनर आचार्यले सम्पूर्ण लायन्स साथीहरुलाई आग्रह गरेका छन् । यो लायन वर्षमा डिष्ट्रिक्टका विभिन्न कार्यक्रममा सहयोग र सहकार्य गर्ने केही लायन्स लिडरहरु र क्लवलाई डिष्ट्रिक्टले उक्त क्याविनेट मिटिङमा सम्मान गर्ने तयारी गरेको डिष्ट्रिक्ट क्याविनेट सेक्रेटरी दुर्गाप्रसाद हुमागाईले बताए ।

काठमाडौंमा हुन गहिरहेको यस पटकको दोस्रो क्याविनेट मिटिङलाई लायन्स क्लव अफ काठमान्डौं स्वयम्बु टाउनले होस्ट गरेको छ । क्यविनेट मिटिङ सम्पन्न गर्न लायन आर वि अधिकारीको संयोजकत्वमा विभिन्न उपसमिती बनाएर काम भइरहेको डिष्ट्रिक्ट सचिवालयले जनाएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया