बैसाख २७, २०८३ आइतबार May 10, 2026

माघ १ देखि खुलामञ्चमा पार्किङ निषेध

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । काठमाडौं महानगरपालिकाले आगामी बुधबारदेखि खुलामञ्चमा सवारी साधन पार्किङ निषेध गर्ने भएको छ । खुलामञ्चलाई सधैंका लागि खुला बनाउने योजनाअनुसार महानगरले १ माघदेखि लागू हुने गरी सवारी साधन पार्किङ निषेध गरिएको हो ।

टुँडिखेललाई अतिक्रमणबाट जोगाउन भन्दै गत कात्तिकदेखि शुरु भएको अकुपाई टुँडिखेलका अभियन्ताहरुले खुलामञ्चलाई खाली गराउन जोड दिँदै आएका थिए ।

खुलामञ्च खुला नै राख्नु पर्ने भएकाले माघ १ गतेदेखि गाडी पार्किङमा रोक लगाउन लागिएको महानगरको वडा नम्बर १८ का अध्यक्ष भाइराम खड्गीले बताएका छन । केही समययता अस्तव्यस्त बनेको खुलामञ्चमा सवारी साधन पार्किङ बन्द भएपछि सार्वजनिक कार्यक्रमहरु गर्न सकिने अध्यक्ष खड्गीले बताएका छन ।

कुनैबेला देशका चर्चित नेताहरुको भाषण गर्ने मुख्य ठाउँको रुपमा रहेको खुलामञ्च हाल बसपार्क, अनधिकृत पार्किङ र निर्माण सामाग्रीले गर्दा अस्तव्यस्त छ ।

पुरानो बसपार्कमा भ्यूटावर निर्माण शुरु भएपछि केही समयका लागि भन्दै महानगरले बसपार्कलाई अस्थायी रुपमा खुलामञ्चमा स्थानान्तरण गरेको थियो ।

खुलामञ्च क्षेत्रमा भानु माध्यमिक विद्यालय निर्माणको जिम्मा पाएको चिनियाँ ठेकेदार कम्पनीका निर्माण सामाग्रीहरु राखिएका छन् भने करिब आधा भू-भाग पुरानो बसपार्कले ओगटेको छ । अकुपाई टुँडिखेल अभियन्ताहरुले केही समय अघि खुलामञ्चमा डोजर लगाएर माटो सम्याउनुका साथै सरसफाइसमेत गरेका थिए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
लायन्स डिस्ट्रिक्ट ३२५ के नेपालको बागमती क्याबिनेट विस्तार सम्पन्न, ५४५ बढीलाई जिम्मेवारी
२०८३ बैसाख २७, आइतबार
खोकनामा ‘चीन छोङछिङ–नेपाल तरकारी तालिम केन्द्र’ स्थापना गरिने
२०८३ बैसाख २७, आइतबार
यातायात व्यवसायीको समस्याको समाधान सरकारले खोज्नेछ : मुख्यमन्त्री पाण्डे
२०८३ बैसाख २७, आइतबार
मधेसमा कांग्रेस नेतृत्वको सरकारलाई चार दलको समर्थन
२०८३ बैसाख २७, आइतबार
संविधान संशोधनबारे विभिन्न राजनीतिक दल र विज्ञबीच छलफल
२०८३ बैसाख २७, आइतबार
अमेरिकाको फ्लोरिडामा डुङ्गा दुर्घटना, अनुसन्धान सुरु
२०८३ बैसाख २७, आइतबार
‘हान्टाभाइरस’ प्रभावित पानीजहाज स्पेन पुग्दै, स्थानीयलाई नआत्तिन आग्रह
२०८३ बैसाख २७, आइतबार