बैसाख २७, २०८३ आइतबार May 10, 2026

काठमाडौंमा एनसेलका दुई टावरमा आगजनी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । राजधानी काठमाडौंमा एनसेलका दुईवटा टावरमा आगजनी भएको छ । काठमाडौंको दक्षिणकाली नगरपालिका-८ छैमले र तारकेश्वर नगरपालिकाको जितपुरफेदीमा रहेको एनसेल टावरमा सोमबार राति आगजनी भएको हो ।

आगजनीका कारण टावरमा क्षति पुगेपछि वरपरको क्षेत्रमा सेवा अवरुद्ध भएको छ ।

आगजनीको अहिलेसम्म कसैले जिम्मा लिएको छैन । यद्यपि यसमा नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको संलग्नता रहेको अनुमान छ ।

राज्यलाई कर नतिरेको भन्दै विप्लव समूहले एनसेललाई निशाना बनाउँदै आएको छ । गत वर्ष फागुनमा विप्लव समूहले भैंसेपाटीस्थित एनसेल मुख्यालयमा बम विष्फोट गराउँदा एक जनाको मृत्यु भएको थियो । त्यसपछि पनि एनसेल लक्षित आक्रमण हुँदै आएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
लायन्स डिस्ट्रिक्ट ३२५ के नेपालको बागमती क्याबिनेट विस्तार सम्पन्न, ५४५ बढीलाई जिम्मेवारी
२०८३ बैसाख २७, आइतबार
खोकनामा ‘चीन छोङछिङ–नेपाल तरकारी तालिम केन्द्र’ स्थापना गरिने
२०८३ बैसाख २७, आइतबार
यातायात व्यवसायीको समस्याको समाधान सरकारले खोज्नेछ : मुख्यमन्त्री पाण्डे
२०८३ बैसाख २७, आइतबार
मधेसमा कांग्रेस नेतृत्वको सरकारलाई चार दलको समर्थन
२०८३ बैसाख २७, आइतबार
संविधान संशोधनबारे विभिन्न राजनीतिक दल र विज्ञबीच छलफल
२०८३ बैसाख २७, आइतबार
अमेरिकाको फ्लोरिडामा डुङ्गा दुर्घटना, अनुसन्धान सुरु
२०८३ बैसाख २७, आइतबार
‘हान्टाभाइरस’ प्रभावित पानीजहाज स्पेन पुग्दै, स्थानीयलाई नआत्तिन आग्रह
२०८३ बैसाख २७, आइतबार