जेठ ७, २०८१ सोमबार May 20, 2024

उपसभामुखलाइ सांसद पदबाटै हटाउने योजनामा प्रचण्ड-नेपालबीच छलफल

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डाैंः सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालयको निर्णयलाई चुनौती दिँदै उपसभामुख डा. शिवमाया तुम्बाहाङफेले राजीनामा दिन अस्वीकार गरेपछि नेकपा भित्र सम्भावित अर्को कदमबारे शिर्ष तहमा पुनः छलफल सुरु भएको छ।

राष्ट्रपति र प्रधानमन्त्रीकै भरोसामा उपसभामुखले राजीनामा दिन अस्वीकार गरेको निष्कर्षमा पुगेका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालले विकल्पमाथि छलफल सुरु गरेका छन् ।

अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली उपसभामुख प्रकरणमा मौन बसेकाले समस्या जटिल बनेको अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता नेपालको बुझाई छ।

पहिलो विकल्पमा तुम्बाहाङफे बाहेकबाट उम्मेदवार बनाउने विकल्पमा प्रचण्ड र नेपालले छलफल सुरु गरेका छन् । सचिवालय सदस्यबाटै सभामुखको अर्को उम्मेदवार खोज्ने उनीहरुको कसरत छ।

दोस्रो विकल्पमा तुम्बाहाङफेको नाम समानुपातिक सूचीबाट हटाएर सांसद नै रहन नदिने विषयमा पनि प्रचण्ड र नेपालबीच छलफल सुरु भएको खबर आजको नयाँ पत्रिका दैनिकमा शुरोजंग पाण्डेले लेखेका छन्।

यस विषयमा आइतबारै उनीहरुले केही निकटस्थ कानुन व्यवसायीसँग गोप्य कुराकानी गरेको स्रोतले जनाएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया