असोज १८, २०८३ आइतबार October 4, 2026

तेस्रोलिङ्गीको हत्यामा संलग्न तीन जनालाई जन्मकैदको फैसला

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः जिल्ला अदालत मकवानपुरले तेस्रो लिङ्गीको हत्यामा संलग्न रहेको आरोपमा पक्राउ परेका तीन जनालाई जन्मकैदको फैसला सुनाएको छ ।

अदालतले २०७६ साल माघ ४ गते बिहान हेटौंडा–५ क्याम्पाडाँडामा हत्या गरी फालिएको अवस्थामा भेटिएकी तेस्रो लिङ्गी (नाम परिवर्तन) को हत्यामा संलग्न ३ जनालाई आजीवन कैदको फैसला गरेको हो । अदालतले हत्यामा संलग्न मध्ये अन्य एकजना नाबालकलाई १६ वर्ष कैद, एकजनालाई ४ वर्ष कैद र एक महिलालाई १ वर्ष कैदसहित क्षतिपूर्ति र जरिवानाको फैसला सुनाएको हो । यस्तै आरोपित चारजनाबाट हत्या भएकी तेस्रो लिङ्गीकाको परिवारलाई क्षतिपूर्ति भराउने समेत फैसला भएको अदालतका निमित्त श्रेस्तेदार अमृत घिमिरेले जानकारी दिनुभयो ।

घिमिरेका अनुसार हत्यामा संलग्न रहेका सुशील थापा, बुद्ध लामा र आशिष बललाई जबरजस्ती करणी, कर्तव्य गरी हत्याको आरोपमा आजीवन कैद, डाँकाको आरोपमा ९ वर्ष कैद र ९० हजार जरिवाना, पीडितको परिवारलाई जनही ३ लाख रुपैयाँको दरले क्षतिपूर्ति भराउने फैसला भएको छ ।

यस्तै हत्यामा संलग्न रहेका नाबालक (नाम परिवर्तन) लाई १६ वर्ष ८ महिना कैद, डाकातर्फ ९ वर्ष कैद र ६० हजार जरिवाना तथा पीडितको परिवारलाई २ लाख रुपैयाँ क्षतिपूर्ति, अर्को आरोपित सिमोन परियारलाई बलात्कार र हत्या तर्फ ४ वर्ष कैद, डाका तर्फ ९ वर्ष कैद र ९० हजार जरिवाना तथा पीडितको परिवारलाई १ लाख रुपैयाँ क्षतिपूर्ति र तेस्रो लिङ्गीको मोबाइल प्रयोग गर्ने डोलमाया तामाङलाई १ वर्ष कैद र १० हजार जरिवाना तोकिएको छ ।

पीडितको परिवारलाई थप ५ लाख रुपैयाँ पीडित राहत कोषबाट क्षतिपूर्ति भराउने फैसला भएको समेत घिमिरेले जानकारी दिनुभयो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
काभ्रेमा कफीको व्यावसायिक विस्तार, बढ्दै आर्थिक सम्भावना
२०८३ असोज १८, आइतबार
घुँडामुनि गोली हानेर १० वर्षीया बालिका अपहरण गर्ने थारु पक्राउ
२०८३ असोज १८, आइतबार
कांग्रेस महाधिवेशनलाई विभिन्न मुलुकका पार्टी र नेताले दिए शुभकामना
२०८३ असोज १८, आइतबार
दाउन्ने बस दुर्घटनाः मामा भान्जाको निधनले एलगाउँवासी शोकमग्न
२०८३ असोज १८, आइतबार
नेपाली कांग्रेसको १५औँ महाधिवेशन खुलामञ्चमा सुरु, शीर्ष नेताको जमघट
२०८३ असोज १८, आइतबार
कर्णाली प्रदेशमा मंसिर १६-२७ गतेसम्म दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता हुँदैं
२०८३ असोज १८, आइतबार
किरियामा बसेकी महिलासँग सम्बन्धपछि दाजुभाइको मृत्यु, सिंगो गाउँमा त्रास
२०८३ असोज १८, आइतबार