असोज १८, २०८३ आइतबार October 4, 2026

बूढानीलकण्ठको नगर कार्यपालिका सदस्यमा पाँच महिला निर्वाचित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँः बूढानीलकण्ठ नगरपालिकाको नगर कार्यपालिका सदस्यमा पाँच महिला निर्विरोध निर्वाचित हुनुभएको छ ।

काठमाडौँको उत्तरी क्षेत्रमा रहेको बूढानीलकण्ठमा गत वैशाख ३० गते स्थानीय तहको निर्वाचन सम्पन्न भएसँगै शनिबार सम्पन्न गरिएको नगर कार्यपालिका सदस्य निर्वाचनमा पाँच महिला प्रतिनिधि निर्विरोध निर्वाचित हुनुभएको हो । नगरपालिकाका निर्वाचन अधिकृत चमिला भट्टराईले पाँच महिला सदस्य निर्विरोध निर्वाचित भए पनि तीन दलित तथा अल्पसङ्ख्यक सदस्यका लागि भने निर्वाचन हुन लागेको राससलाई जानकारी दिनुभयो ।

उहाँका अनुसार निर्विरोध निर्वाचित हुने पाँच महिला सदस्यमा नेकपा (एमाले)का उम्मेदवार रीता दाहाल, रिना श्रेष्ठ, शान्ता ढकाल (पुडासैनी), राममाया महर्जन र गोमा मग्रांन्ती रहनुभएको छ । यस्तै तीन दलित एवं अल्पसङ्ख्यक सदस्यका लागि चार जनाको उम्मेदवारी परेकाले निर्वाचन हुन लागेको निर्वाचन अधिकृत भट्टराईले बताउनुभयो ।

अन्तिम मतपरिणाम आएको तीन दिनभित्र कार्यपालिकाको निर्वाचन कार्यतालिका सार्वजनिक गर्नुपर्ने र १५ दिनभित्र निर्वाचन सम्पन्न गरिसक्ने गाउँ तथा नगर कार्यपालिका सदस्य निर्वाचन निर्देशिका–२०७८ मा व्यवस्था रहेको छ ।

वैशाख ३० गते सम्पन्न निर्वाचनमा टोखा नगरपालिकाको प्रमुखमा एमालेका उम्मेदवार मिठाराम अधिकारी र उपप्रमुखमा पनि नेकपा एमालेकै उम्मेदवार अनिता लामा विजयी हुनुभएको थियो । यस्तै बूढानीलकण्ठका अधिकांश वडामा पनि एमालेका उम्मेदवार विजयी हुनुभएको थियो । बूढानीलकण्ठमा १३ वडा छन् । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
काभ्रेमा कफीको व्यावसायिक विस्तार, बढ्दै आर्थिक सम्भावना
२०८३ असोज १८, आइतबार
घुँडामुनि गोली हानेर १० वर्षीया बालिका अपहरण गर्ने थारु पक्राउ
२०८३ असोज १८, आइतबार
कांग्रेस महाधिवेशनलाई विभिन्न मुलुकका पार्टी र नेताले दिए शुभकामना
२०८३ असोज १८, आइतबार
दाउन्ने बस दुर्घटनाः मामा भान्जाको निधनले एलगाउँवासी शोकमग्न
२०८३ असोज १८, आइतबार
नेपाली कांग्रेसको १५औँ महाधिवेशन खुलामञ्चमा सुरु, शीर्ष नेताको जमघट
२०८३ असोज १८, आइतबार
कर्णाली प्रदेशमा मंसिर १६-२७ गतेसम्म दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता हुँदैं
२०८३ असोज १८, आइतबार
किरियामा बसेकी महिलासँग सम्बन्धपछि दाजुभाइको मृत्यु, सिंगो गाउँमा त्रास
२०८३ असोज १८, आइतबार