श्रावण १८, २०८३ सोमबार August 3, 2026

चलचित्र तिमि कस्कोको सम्पादन धमाधम हुँदै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः नेपाली कथानक चलचित्र तिमी कस्कोको छायाङ्कन सम्पन्न भएसँगै सम्पादन कार्य धमाधम भइरहेको छ । पूर्वी तेह्रथुममा ८० प्रतिशत छायाङ्कन भएको चलचित्रको सम्पादन कार्य धमाधम सम्पादक क्यामोदिन मिया र समीर मियाले गरी रहेको चलचित्रका निर्देशक तथा निर्माता जीवन श्रेष्ठले बताए ।

चलचित्र तेह्रथुम जिल्लाको चोलुङ पार्क, तीनजुरे, वसन्तपुर बजार,लालीगुराँस नगरपालिकाको काँडे, सुजेपु तीनछाँगे झरना लगायत विभिन्न स्थानमा छायाङ्कन भएको छ । तेह्रथुममा ८० प्रतिशत र काठमाडौं लगायत विभिन्न क्षेत्रमा २० प्रतिशत छायाङ्कन गरिएको छ । चलचित्र  दि पाल्म ग्रुप फिलिम्स प्रालिको ब्यानरमा हर्षिका इन्टरटेन्मेन्टको सहकार्यमा बनेको हो ।

चलचित्र नायक प्रदीप गिरी, अर्जुन थापा, टेकेन्द्र न्यौपाने, स्वहन प्रताप श्रेष्ठ सँगै हर्षिका श्रेष्ठ, रिया श्रेष्ठ र प्रीतिका शर्मा लगायत कलाकारले ‘सर्ट दिइएका छन् ।

गायक अचुत ढवाडी गायिका रेखा साहा र संगीत  राजीव साहाको रहेको छ । तेह्रथुमको पर्यटन प्रवर्द्धन गर्ने प्रमुख उद्देश्यसहित लालिगुराँस नगरपालिका क्षेत्रमा छायाङ्कन गरिएको चलचित्रमा स्थानीय जनजीवनलाई चलचित्रमा समेटेर स्थानीय कलाकारलाई पनि प्रवर्द्धन गरी युवालाई स्वदेशमै केही गर्न सकिने प्रेरणा चलचित्रले बोकेको निर्देशक तथा निर्माता श्रेष्ठलेको भनाई छ ।

देव महर्जनको द्वन्द्व निर्देशनमा निर्माण भई रहेको चलचित्रको अन्य कलाकारहरूमा लक्ष्मीनाथ तिम्सिना, टिआर सेनेहाङ, चन्दा कुरूम्बाङ, रविकिरण लिम्बू, तिला पोखरेल, अमृत बास्तोला, शिखा लिम्बू, दिलकुमार लिम्बु लगायत रहेका छन् । बाल कलाकारमा सेक्फुङ लिम्बू, सेमी लिम्बू, सुम्जिरी पाक्साँवा, जोसेफ शंखर रहेका छन् ।

चलचित्रमा आकाश अकुले संगीत भरेका छन् । कल्पेस ओझिलको शब्दमा सचिन राई र अन्नु चौधरीले स्वर दिनुभएको छ । सुरेन लिम्बू र प्रकाश पाक्साँवाको छायाङ्कनमा रहेको चलचित्रको कथा जीवन श्रेष्ठले लेखेका हुन । चलचत्रिमा अर्जुन थापाको पटकथा र संवाद रहेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया