कार्तिक १२, २०८३ बिहिबार October 29, 2026

१२५ करोडमा बिक्यो अक्षयको कठपुतली

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः सन् २०२२ मा ‘बच्चन पाण्डे’, ‘सम्राट पृथ्वीराज’ र ‘रक्षा बन्धन’ पछि अक्षय कुमारको नयाँ फिल्म ‘कठपुतली’ दर्शकलाई मनोरञ्जन दिन तयारी अवस्थामा छ ।

उनका अघिल्ला फिल्मजस्तै यो फिल्म पनि थिएटरमात्र नभई ओटीटी प्लेटफर्म डिस्ने प्लस हटस्टारमा २ सेप्टेम्बरमा रिलिज हुँदैछ । रन्जीत एम तिवारी निर्देशित फिल्म एक सस्पेन्स क्राइम थ्रिलर हो ।

फिल्ममा अक्षय प्रहरी अधिकृतको भूमिकामा देखिन्छन् । उनको अपोजिटमा रकुल प्रीत सिंह छिन् । फिल्म निर्माण पक्षले यो फिल्म ओटीटी प्लेटफर्म डिस्ने प्लस हटस्टारलाई १ सय २५ करोडमा बेचेको छ ।

अक्षयका पछिल्ला फिल्मले बक्सअफिसमा आशातित प्रदर्शन नगरिरहेपछि निर्माण पक्षले यसपटक सिधा ओटीटीलाई फिल्म दिएको हो । ओटीटीबाट फिल्मले पाएको रकमलाई अहिलेको अवस्थामा निकै उत्साहबद्र्धक रहेको निर्माण पक्षले जनाएको छ ।

फिल्मको कथा हिमाञ्चल प्रदेशको कसौली सहरको हो, जहाँ अक्षय प्रहरी अधिकृत हुन्छन । अचानक शहरमा एक जघन्य हत्या हुन्छ । हत्या पछि शवलाई हत्याराले सार्वजनिक स्थानमा छोडिदिन्छ । जसमा प्रहरी शवसम्म होइन, शव प्रहरीसम्म आइपुग्छ ।एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
चक्रवात ‘अर्नब’को प्रभावले यी प्रदेशमा भारी वर्षा र हिमपातको चेतावनी
२०८३ कार्तिक १२, बिहिबार
आजको राशिफल पढ्नुहोस् : कुन राशिका लागि दिन अनुकूल, कुनका लागि चुनौतीपूर्ण ?
२०८३ कार्तिक १२, बिहिबार
PM Balendra Shah Visits Rabi Lamichhane’s Residence for Lengthy Talks
२०८३ कार्तिक ११, बुधबार
दीपेन्द्रको विस्फोटक अर्धशतकमा सुदूरपश्चिम रोयल्सको पहिलो जित
२०८३ कार्तिक ११, बुधबार
एन्फा घोटाला प्रकरण : अध्यक्ष र महासचिवलाई जनही ५ लाख धरौटीमा छाड्न आदेश
२०८३ कार्तिक ११, बुधबार
शिक्षामन्त्री पोखरेलसँग स्वीट्जरल्याण्डका राजदूत ड्यानीएलको शिष्टाचार भेट
२०८३ कार्तिक ११, बुधबार
मङ्गलसेन–ग्रामीण सडकको ठेक्का तोडियो
२०८३ कार्तिक ११, बुधबार