श्रावण १६, २०८३ शनिबार August 1, 2026

गीतकार हरि उप्रेतीको भक्ति एल्बम ‘प्रभु वन्दना’ सार्वजनिक (भिडियो)

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः गीतकार हरि उप्रेतीको भक्ति एल्बम ‘प्रभु वन्दना’ सार्वजनिक भएको छ ।

वैष्णव परिषद् अमेरिकाले श्रीकृष्ण जन्माष्टमीको अवसर पारेर आयोजना गरेको कार्यक्रममा भक्ति एल्बम ‘प्रभु वन्दना’ विमोचन गरिएको छ ।

सयौँ भक्तजनको उपस्थितिमा धार्मिक गुरु स्वामी दामोदर आचार्य तथा गीतकार उप्रेतीका जन्मदिने माता/ पिता तथा कर्म दिने माता/पिता एवं गायक ढकालका माता पिताबाट संयुक्तरुपमा भक्ति एल्बम विमोचन गरिएको हो ।

गीतकार उप्रेतीको अफिसल युट्युब च्यानलबाट सार्वजनिक गरिएको ‘प्रभु वन्दना’मा भीम ढकालको स्वर तथा सङ्गीतकार तृप्ति खड्काको सङ्गीतमा रहेको छ ।

कर्मभूमि अमेरिका बसेर पनि नेपाली साहित्य, गीत सङ्गीतलाई बेजोड माया गर्ने गीतकार उप्रेतीले दर्जनौँ चलचित्रमा गीत लेखिसक्नुभएको छ ।

उहाँले  आधुनिक विधामा गीति एल्बम करुणा भाग १ र भाग २ समेत बजारमा ल्याइसक्नुभएको छ ।

त्यस्तै अडियो बुक ‘मनका तरेलीहरू’ पनि बजारमा ल्याउनुभएका गीतकार उप्रेतीले साहित्यको गजल विधामा पनि कलम चलाउनुभएको छ ।

गीत सङ्गीतका माध्यमबाट जीवन दर्शनको अनुभूति गर्न सकिन्छ भन्ने दृढ विश्वास राख्ने गीतकार उप्रेतीले विगत २५ वर्षदेखि नेपाली साहित्यमा योगदान पुर्‍याउँदै आउनुभएको छ ।न्यूजअभियान

भिडियोमा हेर्नुहोस्ः

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
गृहमन्त्री गुरुङसहितको सरकारी टोली र हिन्दूवादी प्रतिनिधिबीच १३ बुँदे सहमति (पत्रसहित)
२०८३ श्रावण १७, आइतबार
मध्यपूर्वमा रहेका सबै अमेरिकीलाई मध्यपूर्वबाट ‘प्रस्थान गर्ने सोच बनाउन’ दूतावासहरूद्वारा आग्रह
२०८३ श्रावण १६, शनिबार
विपद्का बेला भावनाले मात्र काम गर्ने होइन, सीप र क्षमता चाहिन्छ: सभापति थापा
२०८३ श्रावण १६, शनिबार
करदाता प्रोत्साहन पोर्टल सञ्चालनमा
२०८३ श्रावण १६, शनिबार
रोमको पानी मुनीको शहरको अस्तित्व खतरामा, पर्यटकलाई हुन सक्छ निषेध
२०८३ श्रावण १६, शनिबार
प्रधानमन्त्री शाहद्वारा ‘ब्रोड पिक’ दुर्घटनामा ज्यान गुमाएका आरोहीप्रति श्रद्धाञ्जली व्यक्त
२०८३ श्रावण १६, शनिबार
सहकारी ठगीको मुद्दा हेर्न ‘समर्पित इजलास’ गठन गर्न अनुरोध
२०८३ श्रावण १६, शनिबार