कार्तिक १२, २०८३ बिहिबार October 29, 2026

दुई वर्षअघिको मुद्दामा अभिनेता तथा समीक्षक कमल पक्राउ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः अभिनेता र फिल्म समीक्षक कमल राशिद खानलाई दुई वर्षअघिको मुद्दामा मुम्बई प्रहरीले पक्राउ गरेको छ । यो कारबाही सन् २०२० को एक विवादित ट्विटका कारण आएको हो ।

कमललाई मंगलबार बोरीवली कोर्टमा उपस्थित गराइनेछ । उनलाई मुम्बई एयरपोर्टबाट हिरासतमा लिइएपछि सोधपुछ गरिएको थियो । कमल दुई वर्षपछि मुम्बई फर्किएका हुन् ।

कमलमाथि सन् २०२० मा युवा सेनाको कोर कमिटीले मलाड पुलिस स्टेसनमा एफआईआर दर्ता गराएको थियो । उनीमाथि दिवंगत अभिनेता इरफान खान र ऋषि कपूरलाई लिएर आपत्तिजनक ट्विट गरेको आरोप थियो । यो मामलामा प्रहरीले उनीमाथि २९४ अनुसार मुद्दा दर्ता गराएको हो ।

‘मैले केही दिनअघि नै भनेको थिएँ कि कोरोना जबसम्म जाँदैन, तबसम्म उसले प्रख्यात व्यक्तिलाई लैजाँदैन । त्यो बेला मैले नाम लेखिन् । किनकि मानिसहरूले मलाई कराउँथे । तर मलाई पहिले नै थाहा थियो ऋषि र इरफान पहिला नै जान्छन्’, उनले ट्विट गरेका थिए । एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
चक्रवात ‘अर्नब’को प्रभावले यी प्रदेशमा भारी वर्षा र हिमपातको चेतावनी
२०८३ कार्तिक १२, बिहिबार
आजको राशिफल पढ्नुहोस् : कुन राशिका लागि दिन अनुकूल, कुनका लागि चुनौतीपूर्ण ?
२०८३ कार्तिक १२, बिहिबार
PM Balendra Shah Visits Rabi Lamichhane’s Residence for Lengthy Talks
२०८३ कार्तिक ११, बुधबार
दीपेन्द्रको विस्फोटक अर्धशतकमा सुदूरपश्चिम रोयल्सको पहिलो जित
२०८३ कार्तिक ११, बुधबार
एन्फा घोटाला प्रकरण : अध्यक्ष र महासचिवलाई जनही ५ लाख धरौटीमा छाड्न आदेश
२०८३ कार्तिक ११, बुधबार
शिक्षामन्त्री पोखरेलसँग स्वीट्जरल्याण्डका राजदूत ड्यानीएलको शिष्टाचार भेट
२०८३ कार्तिक ११, बुधबार
मङ्गलसेन–ग्रामीण सडकको ठेक्का तोडियो
२०८३ कार्तिक ११, बुधबार