श्रावण ५, २०८३ मंगलबार July 21, 2026

रामेछापमा भेला, बैठक र सार्वजनिक कार्यक्रम गर्न रोक

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

रामेछाप । जिल्ला विपद् व्यवस्थापन समिति, रामेछापले भेला, बैठक र सार्वजनिक कार्यक्रम गर्न रोक लगाएको छ ।
विपद् व्यवस्थापन समितिको शुक्रबार बसेको बैठकले कोरोना भाइरसको सम्भावित जोखिमप्रति ध्यान दिँदै भेला, बैठकलगायतका सार्वजनिक कार्यक्रममा रोक लगाएको हो ।
बैठकले सदरमुकाम मन्थलीको मन्थली प्राथमिक स्वाथ्य केन्द्र, तामाकोसी अस्पताल र रामेछाप सामुदायिक अस्पतालमा आइसोलेसन वार्ड तथा आवश्यक एम्बुलेन्स राख्ने निर्णय पनि गरेको छ ।

प्रमुख जिल्ला अधिकारी रूद्रादेवी शर्माको अध्यक्षतामा बसेको बैठकले जिल्लामा सञ्चालित सञ्चार माध्यमहरूबाट सचेतनामूलक सन्देश प्रसारण गर्ने निर्णय पनि गरेको छ । मास्कलगायतका स्वास्थ्य सामग्री कसैले कृत्रिम अभाव गराएमा कारबाही गर्ने चेतावनी पनि समितिले दिएको छ ।

जिल्लाका स्वास्थ्यकर्मीलाई तत्कालको लागि बिदा नदिने निर्णय पनि बैठकले गरेको छ । कोरोना संक्रमणको जोखिमतालाई मध्यनजर गर्दै यस्तो निर्णय गरिएको समितिले जनाएको छ । साथै जिल्लाका शैक्षिक संस्थाबाट जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने निर्णय पनि भएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
अब अनलाइनबाटै वैदेशिक रोजगार ठगीसम्बन्धी उजुरी दिन सकिने
२०८३ श्रावण ५, मंगलबार
शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको समता कर हट्यो
२०८३ श्रावण ५, मंगलबार
देवेन्द्रराज पाण्डेको निधनमा राष्ट्रपतिले पठाए समवेदना सन्देश
२०८३ श्रावण ५, मंगलबार
कृषि र उद्योगमन्त्रीबीच मन्त्रालयका काममा समन्वय गर्नेबारेमा छलफल
२०८३ श्रावण ५, मंगलबार
नेपाल–रुस सम्बन्ध केवल कूटनीतिक आदानप्रदानमा मात्र सीमित छैन : नेता पुन
२०८३ श्रावण ५, मंगलबार
निजी शिक्षा–स्वास्थ्यमा ३% समता कर खारेज, गगन थापाले गरे स्वागत
२०८३ श्रावण ५, मंगलबार
शिक्षामन्त्रीसँग अमेरिकी कार्यवाहक राजदूतको शिष्टाचार भेटवार्ता
२०८३ श्रावण ५, मंगलबार