श्रावण ५, २०८३ मंगलबार July 21, 2026

नेपालले आजदेखि कोरोना संक्रमण देखिएका ८ देशका नागरिकलाई भिसा दिन बन्द

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

आज (मंगलबार)देखि नेपालले कोरोना भाइरसको धेरै संक्रमण देखिएका ८ देशका नागरिकलाई अन-अराइभल भिसा दिन बन्द गरेको छ।

अध्यागमन विभागका अनुसार अघिल्लो साता चीन तथा चीन-प्रशासित क्षेत्र, इरान, दक्षिण कोरिया, जापान र इटलीका नागरिकलाई नेपाल प्रवेशका लागि यो बन्देज लगाइएकामा आजदेखि यसमा तीन देश- स्पेन, फ्रान्स र जर्मनी पनि थपिएकाे हाे।

विभागका महानिर्देशक ईश्वरराज पौडेलका अनुसार नेपालतर्फको यात्रा गर्नुअघि नै भिसा अर्थात् प्रवेशाज्ञा नलिकन आउने उनीहरूलाई विमानस्थल वा अन्य सीमा नाकाबाट अन-अराइभल भिसा दिइने छैन।

अध्यागमन विभागको सूचना-

Notice1 C9AJJyWwO0

अब उल्लिखित ८ देशका नागरिकले नेपाल आउनुपर्ने भए कोरोना भाइरसको संक्रमण नभएको प्रमाणपत्रसहित सम्बन्धित नेपाली दूतावास वा नियोगमा आवेदन दिनुपर्नेछ।

यसअघि नेपालले १३ देशका नागरिकबाहेक सबैलाई त्रिभुवन अनर्राष्ट्रिय विमानस्थल र अन्य सीमा नाकामै ‘अन-अराइभल’ भिसा दिइरहेको थियो।

पर्यटकका रुपमा नेपाल आउने विश्वका धेरै देशका नागरिकहरूले त्रिभुवन विमास्थलमा उत्रिएपछि र नेपालका विभिन्न नाकास्थित अध्यागमन कार्यालयबाट नेपाल प्रवेश गर्ने अनुमति लिन पाउने प्रावधान छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
अब अनलाइनबाटै वैदेशिक रोजगार ठगीसम्बन्धी उजुरी दिन सकिने
२०८३ श्रावण ५, मंगलबार
शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको समता कर हट्यो
२०८३ श्रावण ५, मंगलबार
देवेन्द्रराज पाण्डेको निधनमा राष्ट्रपतिले पठाए समवेदना सन्देश
२०८३ श्रावण ५, मंगलबार
कृषि र उद्योगमन्त्रीबीच मन्त्रालयका काममा समन्वय गर्नेबारेमा छलफल
२०८३ श्रावण ५, मंगलबार
नेपाल–रुस सम्बन्ध केवल कूटनीतिक आदानप्रदानमा मात्र सीमित छैन : नेता पुन
२०८३ श्रावण ५, मंगलबार
निजी शिक्षा–स्वास्थ्यमा ३% समता कर खारेज, गगन थापाले गरे स्वागत
२०८३ श्रावण ५, मंगलबार
शिक्षामन्त्रीसँग अमेरिकी कार्यवाहक राजदूतको शिष्टाचार भेटवार्ता
२०८३ श्रावण ५, मंगलबार