चैत्र १६, २०८० शुक्रबार March 29, 2024

सेनाले फोटो प्रतियोगिता आयोजना गर्दै, पहिलो हुनेलाई ५० हजार रुपैयाँ पुरस्कार दिने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः नेपाली सेनाले विगतमा झैँ यस वर्ष पनि फोटो प्रतियोगिता आयोजना गर्ने भएको छ ।

सेनाका विविध गतिविधिलाई तस्बिरका माध्यमबाट अभिलेख गर्ने तथा आवश्यक परेका समयमा उपयोग गर्न सहज बनाउने उद्देश्यले ‘फोटो प्रतियोगिता–२०७९’ सञ्चालन गर्न लागिएको जनाइएको छ ।

नेपाली सेनाले विगतमा आन्तरिकरूपमा फोटो प्रतियोगिता सञ्चालन गर्दै आइरहेकोमा गएको वर्षदेखि गैरसैनिक व्यक्तिलाई समेत समावेश गरी प्रतियोगिता आयोजना गर्न थालेको हो ।

यस प्रतियोगितामा सहभागिताका लागि गैरसैनिक व्यक्तिका हकमा तस्बिरहरू आँउदो मङ्सिर १४ गतेभित्र नेपाली सेनाको आधिकारिक बेबसाइटमा अपलोड गर्नुपर्ने सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

प्रतियोगितामा २०७८ सालदेखि २०७९ सालसम्म खिचिएका तस्बिरहरूलाई मात्र समावेश गरिने जनाइएको छ । प्रतियोगितामा पहिलो दोस्रो र तेस्रो हुने फोटोलाई सैनिक तथा गैरसैनिक दुवैतर्फ क्रमशः ५० हजार, ३५ हजार र २५ हजार रुपैयाँ पुरस्कार राखिएको छ ।

त्यसबाहेक सैनिकतर्फका सात र गैरसैनिकतर्फका दुई गरी नौ वटा थप उत्कृष्ट फोटोलाई सान्त्वना पुरस्कारस्वरूप १० हजार रुपैयाँका दरले प्रदान गरिने व्यवस्था गरिएको निर्देशनालयले आज बिहीवार एक सूचना जारी गरी जनाएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया