चैत्र १६, २०८० शुक्रबार March 29, 2024

गायक रामकृष्ण ढकालको ‘भो आँशु नझार’ गीतको भिडियो सार्वजनिक

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः गायक रामकृष्ण ढकालको स्वर रहेको ‘भो आँशु नझार’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ ।

गीतकार नारायण कंडेलका शब्द शृजना, रमेश कायस्थको संगीत, आशिष अविरलको एरेन्ज, विकाश दाहालको सम्पादन, बुद्ध एण्ड टिमको छायांकन रहेको भिडियोको निर्देशन प्रकाश धितालले गरेका हुन् ।

भिडियोमा गीतकार नारायण र उनकी पत्नि गंगा घिमिरे कँडेलको अभिनय देख्न सकिन्छ । भिडियोले प्रेम वियोगको कथालाई कलात्मक शैलीमा बोलेको छ । दु:ख पर्दा साथ छाड्नेहरुको पछिल्लो वास्तविकतालाई भिडियोमा जीवन्तशैलीमा देखाइएको छ।  गीतकार नारायण कंडेलका ‘भेट भयो सोल्टिनीसँग’, ‘चाइनेजो’, लगायतका  गीतहरू चर्चित छन् ।

भिडियोमा हेर्नुहोस्ः

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया