श्रावण १८, २०८३ सोमबार August 3, 2026

महापुरूषले चार सातामा कमायो १० करोड बढी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः पाचौँ सातामा प्रदर्शन भइरहेको फिल्म ‘महापुरूष’ ले दश करोड बढी कमाएको छ ।

निर्माण पक्षले आइतबार पत्रकार सम्मेलनको आयोजना गर्दै फिल्मले चौथो सातामा दश करोड क्लबमा इन्ट्री पाएको जानकारी दिएका छन् । पाचौँ सातामा समेत पर्याप्त शो र हाउसफुल व्यापार गरिरहेको ’महापुरूष’ले ५१ औँ दिनको यात्रा तय गर्ने निश्चित भएको छ ।

फिल्मका निर्माता म्याक्स दीपेश खत्रीका अनुसार फिल्मले पहिलोसाता ४ करोड ५६ लाख ७७ हजार, दोस्रो साता २ करोड ८३ लाख २७ हजार, तेस्रो साता १ करोड ४२ लाख र चौथो साता १ करोड २७ लाख ५ हजारको ग्रस कलेक्सन गरेको हो ।

‘हामीले पाएको शो हाउसफुल नै भइरहेका छन् । पाचौँ सातामा पाएको शोले नै फिल्मको सफलता दर्साउछ’, निर्माता खत्रीले भने, ‘फिल्मले नेपालसँगै अमेरिकामा गरेको व्यापार आफैँमा रेकर्ड बन्दै छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया