श्रावण १८, २०८३ सोमबार August 3, 2026

लोकप्रिय गायिका शारदाले ल्याइन् ‘चलाउछु भुइचालो’ (भिडियो सहित)

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः लोकप्रिय गायिका शारदा रसाइलीले “चलाउछु भुइचालो” बोलको गीतलाई सार्बजनिक गरेकी छिन् ।

स्थायी घर लमजुङ्ग र हाल काठमाण्डौमा रहेर आफ्नो सांगीतिक यात्रालाई अगाडी बढाईरहेकी रसाइलीले केहि समय अगाडी मात्र खर्क की चेली भाग १ आउ नाचौं’ बोलको गीतलाई सार्बजनिक गरेकी थिइन् ।

यो मात्र नभई दैनिक जसो उनि गीत संगीत रेकर्डमा ब्यस्त रहेकी छिन् । शारदा रसाइली द्वारा स्वरबद्ध गीत अहिले बजारमा अशंख्य रहेको छ ।

नारायण दंगालको संगीत संयोजन रहेको उनको भर्खरै सार्बजनिक भएको गीतमा सन्तोष बि.सी, शारदा रसाइली नारायण दंगाल, प्रेम दिप राम्जाली, जयन्त मगर र माया मगरको सुमधुर स्वर सुन्न सकिन्छ ।

गीतलाई लय सन्तोष बि.सी ले भरेका हुन् भने शब्द गायिका स्वयम् शारदाको रहेको छ ।

आफ्नै गाउँ वस्तीमा हुने जात्रामात्रा र मेला पर्वमा गाइने साथै त्यस्तै रितिरिवाजलाई केन्द्रित गरेर तयार पारिएको यस गीतको म्युजिक भिडियो पनि उस्तै बनाइएको छ ।

भिडियोमा सन्तोष बि सी, सारदा रसाइली, नारयण दंगाल, सपना गुरुङ्ग र सुमनको आकर्षक अभिनय देख्न सकिन्छ ।

शारदा रसाइली युट्युब च्यानल मार्फत सार्बजनिक गरिएको यस गीतको म्युजिक भिडियोलाई सुमन्त बानियाँले निर्देशन गरेका हुन् भने छायांकन मुकेश हुमागाईं र सम्पदान राज धामीले गरेका छन् ।

भिडियो हेर्नुहोस्ः

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया