असोज १२, २०८३ सोमबार September 28, 2026

राष्ट्रपति भण्डारी स्वयम्भूमा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले काठमाडौँको स्वयम्भूको अबलोकन गर्नुभएको छ ।

स्वयम्भुस्थित जीर्णोद्धार सम्पन्न भएका विभिन्न सम्पदाको शनिबार निरीक्षण गर्नुभएको हो । स्वयम्भूनाथ क्षेत्रमा ‘गोरखा भूकम्प’ले क्षति पुगेका अनन्तपुर, प्रतापपुर, शान्तिपुर,वायुपुर, वासुपुर एवं अन्य १७ वटा सम्पदाको हालै पुनःनिर्माण सम्पन्न भएको थियो ।

सो अवसरमा विश्व सम्पदामा सूचीकृत ती सम्पदाको निरीक्षणका क्रममा राष्ट्रपति भण्डारीले पूजाआजा पनि गर्नुभएको थियो ।

सो अवसरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले प्रबलीकरण तथा पूर्ण जीर्णोद्धार सम्पन्न भएका सम्पदाका बारेमा राष्ट्रपतिले चासो दिनुभएकोमा खुशी व्यक्त गर्नुभयो ।

मन्त्री अधिकारीले आगामी दुई वर्षभित्रै सबै सम्पदाको पुनःनिर्माण सकिने उल्लेख गनुृभयो । अनन्तपुर र प्रतापपुर करीब तीन करोड ११ लाख लागतमा पुनःनिर्माण भएको बताइएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
बिपी कोइराला क्यान्सर अस्पताल : एक वर्षमा दुई लाख बढीलाई सेवा
२०८३ असोज १२, सोमबार
वर्षा सहितको हिमपातले हुम्लाको जनजीवन प्रभावित
२०८३ असोज १२, सोमबार
सूचनामा विश्वव्यापी पहुँचको लागि अन्तरराष्ट्रिय दिवस मनाइँदै
२०८३ असोज १२, सोमबार
एसियाली खेलकुदः आज टेनिस र एथलेटिक्सतर्फ नेपालको प्रतिस्पर्धा
२०८३ असोज १२, सोमबार
शैक्षिक पूर्वाधारमा ठूलो लगानी, अब उपलब्धि देखाउने दबाब
२०८३ असोज १२, सोमबार
कागतीदेखि ड्रागन फ्रुटसम्मः तीन युवाको आँटले बाँझाखेतमा फुल्यो सपना
२०८३ असोज १२, सोमबार
जलवायु न्यायको आवाजलाई अन्तरराष्ट्रिय मञ्चमा प्रभावकारी रूपमा प्रस्तुत गरिनेछः वनमन्त्री चौधरी
२०८३ असोज १२, सोमबार