चैत्र १६, २०८० शुक्रबार March 29, 2024

सत्तादोहन, दाउपेचको राजनीति र अनिष्टको संकेत – सागर पण्डित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

संघ तथा प्रदेशको निर्वाचन सकिएसँगै अब केन्द्र र प्रदेश सरकार गठनको प्रक्रिया सुरु हुँदै छ । निर्वाचनको परिणामले उत्साह र आशा जगाउन सकेको देखिँदैन । आमजनता फेरि वर्षौंदेखिको समस्याले आक्रान्त बन्ने स्थिति देखिँदै छ । कसैको पनि बहुमत नआएको र ५–६ वटा राजनीतिक दल मिलेर टालाटुली सरकार बनाउँदा त्यो सरकारले समग्र मुलुक र मुलुकबासीको हित र चाहनाअनुसार काम गर्छ भनेर विश्वास गर्ने ठाउँ नै देखिँदैन ।

अहिलेको सत्तागठबन्धनमा रहेका कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादीलगायतका दल सबै मिल्दा पनि सुविधाजनक बहुमत ल्याउन सकेनन् । यद्यपि, उनीहरूले निर्वाचनमा होमिँदा सत्तागठबन्धनको दुईतिहाइ आउने दाबी गरेका थिए । तर, जनताले उनीहरूको लक्ष्य र योजना र दाबीलाई भने पूर्णरूपमा अस्वीकार गरेका छन् । पाँचवटा राजनीतिक दल मिलेर निर्वाचनमा जाँदा पनि बहुमत ल्याउन नसक्नु भनेको उनीहरू पूर्णरूपमा असफल हुनु नै हो । हिजोका दिनमा यो गठबन्धनमा रहेका सत्ताधारीले जनजीविकाको सबालमा प्रभावकारी काम गर्न सकेको भए वा जनताका विभिन्न समस्या समाधानका लागि उल्लेख्य काम गरेको भए अहिले सजिलैसँग बहुमत आउने अवस्था हुन्थ्यो तर त्यस्तो हुन सकेन । बहुमत आउन नसक्दा उनीहरू अब सरकार गठनका लागि जस्तासुकै हर्कत गर्न पनि पछि पर्ने छैनन् ।

निष्ठा, सिद्धान्त र विवेकको राजनीति मृत अवस्थामा पुगेको हुनाले यहाँ सबैभन्दा बढी दाउपेच, तिकडम, छलछाम जसले गर्छ ऊ नै सत्तामा जाने अवस्था रहन्छ । त्यसरी तिकडम अपनाएर बनाइएको सरकार भ्रष्टाचारमा चुर्लुम्म डुब्ने निश्चित छ । यतिखेर सत्ताधारी दलका नेता जेल जीवन बिताइरहेका व्यक्तिसँग सरकार गठनमा सहयोगको याचना गर्दै जेलमा पुग्न थालेका छन् । योभन्दा पथभ्रष्ट र नैतिक भ्रष्टता अरू हुनै सक्दैन । उनीहरूको खन्चुवा प्रवृत्तिले देश भित्र भित्र टाट पल्टिसकेको र जनता दिनानुदिन गरिब हुँदै गइरहेको वास्तविकता एकैपटक सतहमा आउने छ र त्यतिबेला धेरै ढिलो भइसकेको हुनेछ । यही खन्चुवा वर्गको मुख्य नेतृत्व गर्ने खलनायक अन्त्यमा डाइनोसर जस्तै विनास हुने अवस्थामा पुग्नेछन् ।

जनताले पनि निर्वाचनमा अचम्मको र नकारात्मक खालको जनादेश दिएका छन् । भर्खरै उदाउँदै गरेको राष्ट्रिय स्वतन्त्र पार्टीलाई जनताले राम्रै जनादेश दिए पनि सो पाटीलाई सरकार गठनमा निर्णायक अवस्थामा पु¥याउन भने सकेनन् । जनता यदि साँच्चै नै बुद्धिमान भइदिएको भए राष्ट्रिय स्वतन्त्र पार्टीलाई निर्णायक अवस्थामा पु¥याउन सक्नुपथ्र्यो । जनताले घुमाइफिराई तिनै दलाल, कमिसनखोर, भ्रष्ट, नैतिकहीन व्यक्ति रहेकै पार्टीलाई टापनटुपन गरेर सरकार बनाउन सक्ने अवस्थामा पु¥याएका छन् । यदि अहिलेकै सत्ताधारीले अन्य साना दललाई पनि समेटेर सरकार बनाउने अवस्था आएमा त्यो सरकार लम्पट सरकार बन्नेछ । त्यस्तो सरकारले फेरि पनि मुलुकमा महँगी बढाउने छ, त्यस अवधिमा भ्रष्टाचार र कमिसनतन्त्रले सीमा नाघ्ने छ, आर्थिक अवस्था फेरि चौपट हुनेछ । संघीय लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकासमा गम्भीर धक्का लाग्नेछ । जनताका स्वास्थ्य, शिक्षा, रोजगारीका समस्या विकराल भएर जानेछन् । त्यस्तो अवस्थामा आमजनतामा निराशा छाउन सक्छ । राजनीति र राजनीतिक दलप्रति नै पूर्णअलगावको अवस्था आउन सक्छ । त्यस्तो अवस्थामा अर्को विद्रोह जन्मन पुग्छ ।

अहिलेका सत्ताधारी यसरी नै अघि बढ्ने हो भने अबको दुई वर्षभित्र मुलुक असफल राष्ट्र बन्न सक्ने भय पनि देखिन्छ । त्यस्तो अवस्था संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको स्थिरताका लागि खतराको अवस्था पनि हुन सक्छ । राजनीतिदेखि लिएर समाजका हरेक क्षेत्र र तहमा विशेष प्रकारका खन्चुवावर्ग हुन्छन् । अब ती सबै खन्चुवावर्गको यस्तो मिलन हुन्छ की उनीहरू एकआपसमा खानकै लागि मिलेर बस्छन् र देशमा रामराज्य छाएको नाटक मञ्चन गर्न पनि पछि पर्दैनन् । तर, उनीहरूको खन्चुवा प्रवृत्तिले देश भित्र भित्र टाट पल्टिसकेको र जनता दिनानुदिन गरिब हँुदै गइरहेको वास्तविकता एकैपटक सतहमा आउने छ र त्यतिबेला धेरै ढिलो भइसकेको हुनेछ । यही खन्चुवा वर्गको मुख्य नेतृत्व गर्ने खलनायक अन्त्यमा डाइनोसर जस्तै विनास हुने अवस्थामा पुग्नेछन् । त्यसैले भविष्यमा आउन सक्ने अनिष्टलाई रोक्न हालका सत्ताधारी तथा अन्य प्रमुख राजनीतिक दलका नेताले डन्डा दिमागले सोच्नैपर्ने बेला आएको छ ।

पछिल्ला वर्षका गतिविधि र व्यवहार हेर्दा हाम्रा प्रमुख राजनीतिक दल सुध्रिने अवस्थामा देखिँदैनन् । उनीहरू सुध्रिनै चाहँदैनन् । अझ गत एक÷दुई वर्षको राजनीति हेर्दा त यहाँ एकले अर्कालाई सिध्याउने राजनीतिको प्रस्फुटन हँुदै अघि बढिरहेको छ । जुन निकै घातक हो । यसले कसैलाई पनि फाइदा गर्दैन । राजनीति कसैलाई सिध्याउनभन्दा पनि आमजनताका तमाम समस्या समाधान गर्न र विशुद्ध सामाजिक सेवा गर्न गरिन्छ तर नेपालमा भने ठीक उल्टो छ । राजनीति समाजसेवा भन्दा पनि व्यापार व्यवसाय जस्तै हुन पुगेको छ । कसरी हुन्छ अकूत सम्पति कमाउने र पुस्तौं पुस्तासम्म जोगाएर राख्ने लम्पट सोचमा शासकहरू लिप्त छन् । उनीहरूलाई जनताका गुनासा तथा समस्या सम्बोधन गर्न कुनै ध्यान नै छैन ।

हाम्रा शासक परजीवी जस्ता छन् । आफ्नो खुट्टामा आफैं उभिन सक्ने अवस्थाका छैनन् । निर्वाचनको परिणाम आउँदै गर्दा अब कस्तो सरकार बनाउने भन्ने विषयमा प्रधानमन्त्री र सत्तारूढ दलका मुख्य व्यक्तिले नै भारतीय राजदूतसँग परामर्श गर्ने गर्छन् । बाह्य देशको एउटा सहसचिवस्तरको कर्मचारीसँग नेपालका प्रधानमन्त्रीले आगामी सत्ता’bout परामर्श गर्नु राष्ट्रिय स्वाभिमानमाथिकै ठूलो घात हो । यो अपत्तिजनक छ । विदेशीको इशारामा नाच्ने सरकारले मुलुकको अखण्डता र भौगोलिक स्वतन्त्रतालाई सुरक्षित राख्न सक्छ भन्ने विश्वास गर्ने आधार पनि गुम्दै जान थालेको छ । यो दुःखद हो ।

त्यसैले यस्तै खाले टालाटुली बटुलेर कमजोर धरातलमा बनाइन लागेको सरकारले देश र देशवासीको हितभन्दा अहितमा नै बढी काम गर्ने निश्चित छ । त्यस्तो अवस्थामा देश दुर्दशातर्फ जानेछ । विकृत खालका सत्ता दाउपेचले मुलुकमा विकृतिको डंगुर थुप्रिने निश्चित छ । त्यस्तो अवस्थामा यो विकृति पखाल्न राष्ट्रिय स्वतन्त्र पार्टी जस्ता वैकल्पिक शक्ति जर्बजस्त उदाउने छन् । त्यसैले भविष्यमा आउन सक्ने अनिष्टलाई रोक्न हालका सत्ताधारी तथा अन्य प्रमुख राजनीतिक दलका नेताले डन्डा दिमागले सोच्नैपर्ने बेला आएको छ । राजधानी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया