वैशाख १२, २०८१ बुधबार April 24, 2024

साङ्गीतिक ब्यान्ड एक्सिसको नयाँ गीत ‘च्याङ्बा’को भिडियो सार्वजनिक

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः साङ्गीतिक ब्यान्ड एक्सिसले नयाँ गीत ‘च्याङ्बा’को भिडियो सार्वजनिक गरेको छ । सन् २००० मा स्थापना भएको ब्यान्डले तेस्रो एल्बम ‘घर गाउँ’मा रहेको गीत सार्वजनिक गरेको हो । भैरहवाको लहर ब्यान्डको ओर्जिनल भर्सनको गीतलाई ब्यान्डले नयाँ रूपमा श्रोतामाझ ल्याएको छ ।

गीतमा सन्दीप विश्वकर्माको स्वर छ । गायक सन्दीपले गीतले केटाले केटीलाई जिस्क्याएको थिम बुझाउने बताउनुभयो ।

नवाङ मोक्तान र अकेश ताम्राकार फिचर्ड भिडियोमा बल्लु र उमङ्ग शाहीको क्यामरा, सिद्धार्थ शाक्यको ड्रोन, बिजु वज्राचार्य र विकास खड्गीको सम्पादन तथा विकास खड्गीको भीएफएक्स तथा कलर ग्रेडिङ छ । भिडियो ब्यान्डले आफ्नो युट्युब च्यानल एक्सिस अफिसियलमार्फत सार्वजनिक गरेको हो ।

भिडियोमा हेर्नुहोस्ः

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया