असोज १२, २०८३ सोमबार September 28, 2026

२२ वर्षपछि नुवाकोटको चौघडामा लाखेनाच सुरु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

चौघडा । नेवार समुदायले आफ्नो परम्परागत मान्यतालाई मजबुत बनाउनका लागि मनाउँदै आएको लाखेनाचलाई यसवर्ष देखि चौघडास्थित सांस्कृति सम्पदा समितिले निरन्तरता दिने भएको छ ।

नेवार समुदायले विशेष पर्वका रुपमा नै मनाउँदै आएको लाखेनाच माओवादी द्वन्द्वका कारण २०५० सालदेखि बन्द हुँदै आएको थियो ।

त्यसपछि पनि स्थानीयहरुले आर्थिक अवस्था तथा अन्य कारणले त्यति चासो दिएका थिएनन् । यस पटकबाट भने स्थानीय संस्थाको सक्रियतामा लाखेनाच सुरु गरिएको चौघडा सांस्कृति सम्पदा समितिका अध्यक्ष बासुदेव श्रेष्ठले जानकारी दिनुभयो ।

उहाका अनुसार लाखेनाचका लागि स्थानीय रुपमा एक लाख २७ हजार सहयोग प्राप्त भएको छ । सो सहयोगपछि समितिले लाखेनाच का लागि चाहिने मुकुटो,ढलकी, झुर्मा लगायतका सामाग्री गरिद गरिएको जानकारी दिनुभयो ।

नागपञ्चीदेखि अर्थात निवारी समुदयादले मनाउने गठेमंगलबाट कृष्ण अष्टमीसम्म लाखेनाच मनाउने प्रचलन रहेको छ । अबदेखि यसरी नै लाखेनचलाई निरन्तरता दिने अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो ।

उहाले गाईजात्राका दिन लाखेनाचलाई अझ व्यवस्थित बनाउने भन्दै यसका लागि समाजका वुद्धिजीवीदेखि आम सर्वसाधारण र लिखुबासीलाई सहभागिता जनाउन आग्रह गर्नुभयो ।

गाउँपालिका अध्यक्ष धुव्र श्रेष्ठले परम्परागत संस्कृतिको जर्नेगर्न गाउँपालिका सँधै तयार रहेको भन्दे आफ्नोतर्फबाट पुर्ण सहयोग हुने जानकारीसमेत दिनुभयो ।

नुवाकोट जिल्लाका नेवार समुदाय रहेका स्थानमा लाखेनचको कार्यक्रम आयोजना गरिने प्रचलन रहेको छ ।

जिल्लाको त्रिशली,बेत्रावती, नुवाकोट,दुईपिपल लगायतका स्थानमा भव्य रुपमा लाखेनाच कार्यक्रम आयोजना गरिदै आएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
बिपी कोइराला क्यान्सर अस्पताल : एक वर्षमा दुई लाख बढीलाई सेवा
२०८३ असोज १२, सोमबार
वर्षा सहितको हिमपातले हुम्लाको जनजीवन प्रभावित
२०८३ असोज १२, सोमबार
सूचनामा विश्वव्यापी पहुँचको लागि अन्तरराष्ट्रिय दिवस मनाइँदै
२०८३ असोज १२, सोमबार
एसियाली खेलकुदः आज टेनिस र एथलेटिक्सतर्फ नेपालको प्रतिस्पर्धा
२०८३ असोज १२, सोमबार
शैक्षिक पूर्वाधारमा ठूलो लगानी, अब उपलब्धि देखाउने दबाब
२०८३ असोज १२, सोमबार
कागतीदेखि ड्रागन फ्रुटसम्मः तीन युवाको आँटले बाँझाखेतमा फुल्यो सपना
२०८३ असोज १२, सोमबार
जलवायु न्यायको आवाजलाई अन्तरराष्ट्रिय मञ्चमा प्रभावकारी रूपमा प्रस्तुत गरिनेछः वनमन्त्री चौधरी
२०८३ असोज १२, सोमबार