श्रावण १८, २०८३ सोमबार August 3, 2026

‘सम्झनाका मिठा मिठा पलहरु’ म्यूजिक भिडियोमा विकास र गरिमाको रोमान्स (भिडियो)

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः अन्जु पन्त र किशोर सिवाकोटीको स्वरमा म्युजिक भिडियो ‘सम्झनाका मिठा मिठा पलहरु’ सार्वजनिक भएको छ। गीतलाई गीतकार श्री सिवाले लेखेका हुन्। गीतमा संगीत भने गायक सिवाकोटीकै सुन्न सकिन्छ। म्युजिक भिडियोमा विकास लामिछाने र गरिमा शर्मा देखिएका छन्।

दोलालघाट र मुडेमा खिचिएको गीत रोमान्टिक शैलीको गीत हो। गीतको म्युजिक भिडियोलाई दीपकप्रसाद आचार्यले निर्देशन गरेका हुन्। कोरियोग्राफी भने तेंजु योञ्जनले गरेकी हुन्। भिडियोमा ड्रेस समेत उनीले तयार परेकी हुन्।

बुद्ध थापाले खिचेको म्युजिक भिडियोमा सुप्रिम पराजुलीको सम्पादन र कलर ,मनोज जोसीको प्रोडक्शन ,बिक्रम गौतमको मेकअप समावेश रहेको छ ।

भिडियोमा हेर्नुहोस्ः

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया