श्रावण २५, २०८३ सोमबार August 10, 2026

तीनकुनेबाट पेस्तोलसहित सात पक्राउ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । महानगरीय प्रहरी परिसर काठमाडौँले सोमबार तीनकुनेबाट एक थान चिनियाँ पेस्तो लसहित सात जनालाई पक्राउ गरेको छ । उनीहरूलाई तीनकुनेस्थित ए–वान रेस्टुरेण्टबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका व्यक्तिको साथबाट चार राउण्ड गोलीसमेत बरामद गरिएको महानगरीय प्रहरी परिसरका प्रहरी वरिष्ठ उपरीक्षक वसन्त लामाले जानकारी दिनुभयो ।

पक्राउ पर्नेमा खोटाङ हलेसीका २१ वर्षीय भूपेन्द्र राई, भोजपुर खावाका २३ वर्षीय सनित राई, सोलुखुम्बु तम्बुका २६ वर्षीय मिङ्मा शेर्पा, काभ्रे कोशीपारिका ३५ वर्षीय राजु भण्डारी, भक्तपुर ठिमीका १८ वर्षीय सुरेश श्रेष्ठ, चितवन भरपुरका २३ वर्षीय रोनिक श्रेष्ठ र रामेछाप ढोडखानीका २६ वर्षीय सुजन थापा मगर रहेका छन् ।

बानेश्वर, कोटेश्वर, काँडाघारी क्षेत्रका होटल, रेस्टुरेण्ट तथा अन्य व्यवसायीलाई धम्की दिई रकम असुल्दै हिँड्नेगरेको सूचनाका आधारमा खोजतलास गर्दा प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो । पक्राउ परेका सातै जना पटकपटक

विभिन्न अपराधमा संलग्न हुँदै आएको प्रहरीले जनाएको छ । त्यस्तै प्रहरीले काठमाडौँ महानगरपालिका–१७ क्षेत्रपाटीबाट दुर्लभ वन्यजन्तुको १३ थान हड्डी र रु ३० हजारसहित दुई चिनियाँ नागरिकलाई पक्राउ गरेको छ ।

बा७२प ८६०२ नंको स्कुटरमा सवार चिनियाँ नागरिक १८ वर्षीय जाविइ र १९ वर्षीय झाङ युएइनलाई पक्राउ गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
ग्यास अभाव र महँगीप्रति कांग्रेसको आपत्ति, सरकारलाई ५ बुँदे सुझाव
२०८३ श्रावण २५, सोमबार
प्रधानमन्त्रीलाई भारतीय प्रधानमन्त्री मोदीको शुभकामना सन्देश हस्तान्तरण
२०८३ श्रावण २५, सोमबार
हसिना प्रत्यर्पणमा भारतसँग बङ्गलादेशको आग्रह
२०८३ श्रावण २५, सोमबार
साउनको अन्तिम सोमबारः गोदान, पूर्णपात्र गरी साउने व्रत समापन
२०८३ श्रावण २५, सोमबार
क्यान्सर उपचारमा विश्वस्तरीय सेवा प्रदान गर्दै नेपाल क्यान्सर हस्पिटल
२०८३ श्रावण २५, सोमबार
मतदाता नामावली दर्ता तथा अद्यावधिक कार्यमा सहभागी हुन आह्वान
२०८३ श्रावण २५, सोमबार
सीमासम्बन्धी अभिव्यक्ति सच्याउन सांसदहरुको माग
२०८३ श्रावण २५, सोमबार