असोज १२, २०८३ सोमबार September 28, 2026

आज बकर इद

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ,मुलुकभरका मुश्लिम समुदायले बनाउने पर्व बकर इदका आज परेको छ । आज सो अवसरमा   मुश्लिम समुदायका मानिसहरु मश्जीतमा पुगेर इद मनाउने तयारी गरिरहेका छन् ।

बिहानैदेखि मश्जिदहरुमा भीड लाग्न थालेकादिभर जाग्राम बस्ने र बेलुका परिवारस्ँग बसेर मिठोखाने चलन समेत रहेको छ ।

यसैबीच इदको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली सभामुख , कांग्रेस नेताहरुले सुभकामना व्यक्त गर्नुभएको छ ।

इदका अवरमाराष्ट्रपति विद्यादेवी भण्डारी बकर–इद (इदुल जोहा) पर्वले सामाजिक–आर्थिक विकासमार्फत समृद्धनेपाल निर्माण गर्ने राष्ट्रिय संकल्प पूरा गर्न सकोस् भनी सबैमा शुभकामना व्यक्त गर्नुभएको छ ।

राष्ट्रपतिले शुुभकामना सन्देशमा सामाजिक, साँस्कृतिक, भाषिक र जातीय विविधताबीच अनुपमसुदृढ एकता कायम रहेको हाम्रो देशमा सो पर्वले नेपालीबीच आपसी सद्भाव, सहिष्णुता, मेलमिलाप र भ्रातृत्व प्रबद्र्धन गरी आफ्नो मौलिक संस्कृति र परम्परा संरक्षण तथा सम्बद्र्धनमामहत्वपूर्ण योगदान पुयाउने विश्वास व्यक्त गर्नुभएको छ ।

इदका अवसरमा प्रधानमन्त्री केपी शर्माओलीले सुभकामना सन्देश दिँदै हिमालदेखि तराईसम्म बसोबास गर्ने नेपाली मुसलमान समुदायप्रति शुभकामना प्रकट गर्दै सबैको उन्नति, प्रगति र समृद्धिको कामना गर्नुभएको छ ।

प्रधानमन्त्रीले संस्कृति, जातजाति, वेशभूषा र परम्पराको विविधता रहेको हाम्रो मुलुकमा यस पर्वले एकता र  सहकार्य वातावरणलाई अझ मजबुत बनाउन मद्दत गरोस् भनी कामना गर्दै एकता र सहकार्यको उच्चतम अभ्यासबाटै समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय लक्ष्य पूरा गरिने विश्वास व्यक्त गर्नु भएको छ । सभामुख कृष्ण बहादुर महराले इदको अवसरमा सबै मुश्लिम धर्मालम्बीहरुलाइसुभकामना दिनुभएको छ ।

कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले बकर इदका अवसरमा नेपाली मुस्लिम समुदायका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र उत्तरोत्तर प्रगतिको हार्दिकमङ्गलमय शुभकामना व्यक्त गर्नुभएको छ ।

उहाले बहुभाषा, जाति, धर्म, परम्परा र चाडपर्व रहेको नेपालमा यसप्रकारका पर्वले आपसमा भाइचारा, मित्रता, सद्भाव र एकता अभिवृद्धि गरी राष्ट्रियएकतालाई मजबुद पार्दै आर्थिकरूपमा समृद्ध नयाँ नेपाल निर्माणको मार्गमा अघि बढ्न प्रेरणा दिनेविश्वास व्यक्त गर्नुभएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
बिपी कोइराला क्यान्सर अस्पताल : एक वर्षमा दुई लाख बढीलाई सेवा
२०८३ असोज १२, सोमबार
वर्षा सहितको हिमपातले हुम्लाको जनजीवन प्रभावित
२०८३ असोज १२, सोमबार
सूचनामा विश्वव्यापी पहुँचको लागि अन्तरराष्ट्रिय दिवस मनाइँदै
२०८३ असोज १२, सोमबार
एसियाली खेलकुदः आज टेनिस र एथलेटिक्सतर्फ नेपालको प्रतिस्पर्धा
२०८३ असोज १२, सोमबार
शैक्षिक पूर्वाधारमा ठूलो लगानी, अब उपलब्धि देखाउने दबाब
२०८३ असोज १२, सोमबार
कागतीदेखि ड्रागन फ्रुटसम्मः तीन युवाको आँटले बाँझाखेतमा फुल्यो सपना
२०८३ असोज १२, सोमबार
जलवायु न्यायको आवाजलाई अन्तरराष्ट्रिय मञ्चमा प्रभावकारी रूपमा प्रस्तुत गरिनेछः वनमन्त्री चौधरी
२०८३ असोज १२, सोमबार