कार्तिक १५, २०८३ आइतबार November 1, 2026

अभिनयबाट ब्रेक लिँदै साउथ अभिनेत्री सामन्था

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमण्डौः साउथ अभिनेत्री सामन्था रुथ प्रभु हालका दिनमा अस्वस्थताका कारण अभिनयमा धेरै सक्रिय छैनन् । मायोसिटिस नामक रोगबाट पीडित उनी अब चाँडै नै लामो ब्रेक लिने तयारीमा छिन् ।

अस्वस्थताकै कारण उनले हालै रिलिज आफ्नो फिल्म ‘यशोदा’को पनि प्रचारप्रसार गर्न पाइनन् । सामन्था पूर्ण रुपमा स्वस्थ नभएसम्म अभिनयबाट ब्रेक लिने योजना बनाइरहेकी छन् ।

हिन्दी डब डेब्यू फिल्म ‘द फेमिली मेन २’को सफलता पछि उनले धेरै बलिउड फिल्ममा हस्ताक्षर गरेकी थिइन् । तर स्वास्थ्यका कारण सामन्थाले समय नदिने भएपछि निर्माताले सामन्थाको विकल्प खोज्न थालेका छन् ।

सामन्था अहिले विजय देवरकोण्डा अभिनित फिल्म ‘कुशी’को सुटिङ पुरा गर्ने तयारीमा छिन् । यो फिल्मको काम पूरा गरेपछि उनी केही समयका लागि फिल्मबाट टाढिने छिन् । यो फिल्मबाहेक अन्य फिल्मका लागि भने उनले तत्काल असम्भव भनेपछि निर्माताले विकल्प खोज्न थालिसकेका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एनपिएल : जनकपुरद्वारा पोखरासामु १४८ रनको लक्ष्य प्रस्तुत
२०८३ कार्तिक १५, आइतबार
प्रधानमन्त्री शाहको चेतावनीपूर्ण अभिव्यक्ति : ‘सही समय आएपछि सबैको गलत समय आउँछ’
२०८३ कार्तिक १५, आइतबार
देशभर ४३ विपद्का घटना, १३ जना घाइते
२०८३ कार्तिक १५, आइतबार
कोशी प्रदेश प्रमुख खापुङको कार्यकाल पूरा, मुख्यमन्त्रीसँग गरे विदाइ भेट
२०८३ कार्तिक १५, आइतबार
रास्वपाले ‘क्यान्डिडेट क्लब’मार्फत स्थानीय तहका उम्मेदवार छान्ने
२०८३ कार्तिक १५, आइतबार
इरानमा अझै एक–दुई लक्ष्यमा आक्रमण गर्न बाँकी छ : ट्रम्प
२०८३ कार्तिक १५, आइतबार
‘अब विश्वविद्यालय नवउद्यमी उत्पादनका केन्द्र बन्नुपर्छ’
२०८३ कार्तिक १५, आइतबार