श्रावण १८, २०८३ सोमबार August 3, 2026

आरआरआरको सिक्वेल तयारी सुरु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः घरेलु बक्सअफिसमा २ सय ७४ दशमलब ३१ करोड रुपैंयाँ कमाई गरेको एसएस राजामौलीको फिल्म ‘आरआरआर’ले भारतमा मात्र होइन, विश्वभरी नै धुम मच्चायो। रामचरण र जूनियर एनटीआर स्टारर फिल्म यति लोकप्रिय भयो कि दर्शकले यसको सिक्वेलको माग नै गरे।

ग्लोबलस्तरमा कैयौं प्रतिष्ठित अवार्ड शोको मनोनयनमा परेको फिल्मको सिक्वेलबारे अब निर्माण पक्षले तयारी सुरु गरेको छ। यसको पुष्टि स्वयं फिल्मका निर्देशक एसएस राजामौलीले गरेका छन्।

RRR: SS Rajamouli's film gets epic world premiere on ZEE5 in Telugu, Tamil,  Malayalam, Kannada from May 20

‘जब हामी यो बनाइरहेका थियौं, त्यो बेला हामीलाई सिक्वेलको बारेमा कुनै आइडिया नै थिएन। यसको सुरुवाती सफलताका साथ हामीले थोरै चर्चा गर्यौ र केही राम्रा विचार राख्यौं। तर हामीलाई सिक्वेलको कुनै आइडिया नै आएन।

तर, अन्तर्राष्ट्रिय सफलतापछि हामीले पुनः त्यो विचार अगाडि ल्यायौं। मेरो साख्खे भाई एमएम कीरावनी (जो मेरो कोर टिमको हिस्सा छ)ले सिक्वेलको कुरा गरेपछि हामीलाई एउटा राम्रो आइडिया आएको छ । हामीले यसमा काम सुरु गरिसकेका छौं’, उनले भनेका छन्।

एसएसका पिता विजयेन्द्र प्रसादले ‘आरआरआर’को सिक्वेलका लागि स्क्रिप्टको काम गरिरहेका छन्। एसएसका अनुसार विजयेन्द्र निकै गम्भीरताका साथ ‘आरआरआर’को सिक्वेलका लागि काम गरिरहेका छन्। ‘तर स्क्रिप्ट फाइनल भइसकेपछि स्क्रिप्ट हेरेर कस्तो भयो र त्यसलाई कसरी पर्दामा ल्याउन सकिन्छ भन्ने विषयमा सल्लाह गर्छौ’, उनले भनेका छन्। एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया