काठमाडौंः गायिका लक्ष्मी आचार्यको नयाँ गीत ‘लाई हेल कालो टिको’ सार्वजनिक भएको छ। सुदूरपश्चिमको कला र संस्कृति समेटिएको यस गीतमा गायिका आचार्यको स्वरमा गायक प्रकाश सपूतले साथ दिनुभएको छ। गीतको भिडियोमा गायिका आचार्य र गायक सपूतको अभिनय रहेको छ भने शब्द तथा सङ्गीत नरेन्द्रराज रेग्मीले दिनुभएको छ।
नयाँ पुस्ता आफ्नो मौलिकता जोगाइराख्न जागरुक बनून् भन्ने हेतुले यस्तो गीत ल्याएको गायिका आचार्य बताउनुहुन्छ। सुदूरपश्चिमको लोकभाकालाई नयाँपन दिँदै गीत तयार भएको उहाँले जानकारी दिनुभयो।
गीतको भिडियोको निर्देशन मौसम हिमालीले गर्नुभएको हो भने छायाङ्कन नवराज उप्रेती, सम्पादन प्रवीण भट्ट र सहनिर्देशन विशाल घिमिरेको छ। आचार्यले गीतको भिडियो आफ्नै अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गर्नुभएको छ।
भिडियो हेर्नुहोस्ः
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया