श्रावण १८, २०८३ सोमबार August 3, 2026

ऐना झ्यालको पुतली र लोरी अस्करको प्रतिस्पर्धाबाट आउट

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः विश्वप्रतिष्ठित अस्कर अवार्डको ९५औँ संस्करणका लागि मनोनयन सूची सार्वजनिक गरिएको छ। अस्कर अवार्डमा नेपाली चलचित्र ‘ऐना झ्यालको पुतली’ र सर्ट फिल्ड लोरी पनि प्रतिस्पर्धामा थिए। अन्तर्राष्ट्रिय फिचर विधामा मनोनयनमा परेको ‘ऐना झ्यालको पुतली’ उत्कृष्ट १५ को संक्षिप्त सूचीमा पर्न सकेन। सर्ट फिल्मको लाइभ–एक्सन विधातर्फ भिडेको अविनाशविक्रम शाह निर्देशित फिल्म ‘लोरी’ पनि संक्षिप्त सूचीमा अटाएन।

एकेडेमी अफ मोसन पिक्चर आर्टस् एण्ड साइन्सेजले अस्कर अवार्डमा दिइने दस विधाको मनोनयन सूची सार्वजनिक गरेको हो। डकुमेन्ट्री, इन्टरनेसनल फिचर, लाइभ–एक्सन, मेकअप, हेयरस्टाइल, मौलिक गीत, ओरजिनल स्कोर, एनिमेटेड सट, ध्वनि र भिजुअल इफेक्टजस्ता विधामा मनोनयन सार्वजनिक गरिएको थियो।

भारतीय चलचित्र ‘लास्ट फिल्म सो’ र पाकिस्तानी चलचित्र ‘जोयल्यान्ड’ अन्तर्राष्ट्रिय फिचर विधामा छनोट भएका छन्। भारतीय चलचित्र ‘आरआरआर’को गीत ‘नाटु नाटु’ मौलिक गीत विधाको मनोनयनमा परेको छ। ओरिजिनल स्कोरतर्फ ‘अवतारः द वे अफ वाटर’ को बेबीलोन, ‘ब्ल्याक प्यान्थर’को ‘वाकान्डा फरेभर’ गीत छनोट भएका छन्। अस्कर अवार्डको ९५औँ संस्करणको समापन समारोह मार्च १२ मा हलिउडको डब्ली थिएटरमा आयोजना हुनेछ।  गोरखापत्र

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया